असार २४, २०८२ मंगलबार July 8, 2025

नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव धनगढीमा सुरु

सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरे समुद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली, ९ पुस । धनगढीमा आजदेखि ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कैलालीको आयोजनामा ‘सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने मूल नाराका साथ आजदेखि शैक्षिक महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन गर्दै सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समाज रूपान्तरण गर्न एउटा पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले नयाँ प्रविधिलाई आत्मसात् गर्दै यो महत्वलाई थप बढावा दिनुपर्ने बताए । उनले पुस्तकलाई प्रदर्शनी र व्यावसायिक रूपले मात्र नहेर्न व्यवासयीहरूलाई आग्रह गरे ।

व्यवसायी सङ्घका अध्यक्ष भीम पडालले बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको आयोजनाले पुस्तकको महत्व विस्तार र ज्ञान प्राप्तिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । महोत्सवमा सुदूरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामग्री, शिक्षण संस्था र शिक्षासँग सम्बन्धित निकायका गरी एक सयभन्दा बढी स्टल रहेको उनले बताए ।

आगामी १५ गतेसम्म चल्ने महोत्सवमा विद्यालयस्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगितासमेत आयोजना हुने जनाइएको छ । रमाइलो मेला, राष्ट्रिय कलाकारहरूका प्रस्तुतिका साथै सुदूरपश्चिमका मौलिक परिकारसहितका खाना र खाजाका कक्षसमेत यहाँ राखिएका छन् । शिक्षा र खेलकुदसँग सम्बन्धित विभिन्न विषयमा बहस सञ्चालन हुनेछ ।

महोत्सको व्यवस्थापनमा करिब दुई करोड बढी खर्च हुने, दुई लाख दर्शकले अवलोकन र पाँच करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार