असार २८, २०८२ शनिबार July 12, 2025

रामपुर अस्पतालका स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहीन

लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको ५० शय्याको अस्पताल अध्यक्षविहीन हुँदा कर्मचारीको तलब भत्ता रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, पुस ११ गते ।  पाल्पाको रामपुर अस्पतालमा कार्यरत २६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले पाँच महिनादेखि तलब पाएका छैनन् । अस्पताल विकास समिति र साझेदारी संस्थाबाट कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी गत साउनदेखि तलबविहीन बनेका हुन् ।

लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको ५० शय्याको अस्पताल अध्यक्षविहीन हुँदा कर्मचारीको तलब भत्ता रोकिन पुगेको हो । तलब भत्ता रोकिँदा समस्या भएको कर्मचारीले बताएका छन् । एक कर्मचारीले भने, “दसैँमा पनि तलब पाइएन । तिहारमा पाइन्छ भन्ने आशा थियो । पुस लाग्दासम्म पनि पाइएन ।”

तलबविहीन हुनेमा अस्पताल विकास समितिबाट करार र ज्यालादारीमा कार्यरत १९ जना, साझेदार संस्थामार्फत कार्यरत सात जना छन् । चिकित्सक, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अहेव, फार्मेसी सहायक, ल्याब असिस्टेन्ट, सहलेखापाल, चौकीदार, चालक, कार्यालय सहयोगीको तलब भुक्तानी हुन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया