असार २८, २०८२ शनिबार July 12, 2025

मस्तिष्कलाई हानी पुर्‍याउँछन् हाम्रा यी ५ गलत बानीले

लामो समयसम्म मोबाइल, कम्प्युटर वा टिभीक हेर्नु मस्तिष्कका लागि हानिकारक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मस्तिष्क हाम्रो शरीरको निकै अहम् अंग हो । यसको उचित हेरचाह गर्न निकै जरुरी छ । तर हाम्रा यस्ता केही बानीहरू छन् जसले हाम्रो मस्तिष्कको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याइरहेको हुन सक्छ ।

मस्तिष्कको स्वास्थ्य हुनु सम्पूर्ण शरीरको लागि कत्तिको महत्त्वपूर्ण छ भन्ने त हामी सबैलाई थाहा छ । मस्तिष्क शरीर र दिमागको नियन्त्रण केन्द्र हो । यस्तो अवस्थामा यसबारे अलि बढी सचेत हुन जरुरी छ । तर, जानीजानी वा नजानेर हामी केही यस्ता काम वा गल्ती गर्छाैं जसले हाम्रो मस्तिष्कलाई हानि पुर्‍याइरहेको हुन्छ ।

निद्राको कमी

निद्राको कमी मस्तिष्कको लागि धेरै हानिकारक हुन सक्छ । हामी पर्याप्त मात्रा निदाएनौँ भने मस्तिष्कले राम्ररी काम गर्दैन । एकाग्रता, स्मरणशक्ति र मानसिक क्षमतामा कमी ल्याउन सक्छ । लामो समयसम्म निद्राको कमीले डिप्रेसन, चिन्ता र अन्य मानसिक समस्या निम्त्याउन सक्छ ।

अस्वस्थ खानपान

खराब खानपान पनि मस्तिष्कका लागि हानिकारक हुन सक्छ । धेरै चिनी, जंक फूड र चिल्लोयुक्त खानेकुराको सेवन मस्तिष्कको लागि हानिकारक हुन सक्छ । यी खानेकुराले मस्तिष्कको कार्यलाई असर गर्न सक्छ र अल्जाइमर जस्ता न्यूरोलोजिकल रोगहरूको जोखिम बढाउन सक्छ ।

तनाव लिने

धेरै तनाव पनि मस्तिष्कको लागि हानिकारक छ । हामी निरन्तर तनावमा रहन्छौँ भने हाम्रो मस्तिष्कले कोर्टिसोल जस्ता तनाव हार्माेन उत्पादन गर्छ । जसले मस्तिष्क कोशिकाहरूलाई क्षति पुर्‍याउँछ । स्मरण शक्तिमा कमी आउने, निर्णय गर्ने क्षमता कमजोर हुने र मानसिक स्वास्थ्य समस्या निम्तने हुन सक्छ ।

शारीरिक गतिविधिमा कमी

शारीरिक क्रियाकलापको कमीले पनि दिमागमा असर गर्छ । नियमित व्यायाम गर्नाले मस्तिष्कमा रगतको प्रवाह बढ्छ, जसले मस्तिष्कको काममा सुधार गर्छ । हामी शारीरिक क्रियाकलापबाट टाढा रहँदा यसले मस्तिष्कको कार्यमा गिरावट आउँछ भने र मस्तिष्कसँग सम्बन्धित समस्याहरू निम्त्याउन सक्छ ।

धेरै लामो समय स्क्रिन हेर्ने

लामो समयसम्म मोबाइल, कम्प्युटर वा टिभीक हेर्नु मस्तिष्कका लागि हानिकारक हुन सक्छ । यसले आँखाको समस्या त निम्त्याउँछ नै ध्यान केन्द्रित गर्ने क्षमतामा पनि कमी ल्याउन सक्छ । यसबाहेक, नीलो प्रकाशको अत्यधिक एक्सपोजरले पनि निद्राको गुणस्तरलाई असर गर्न सक्छ ।

मस्तिष्कलाई स्वास्थ्य राख्न यस्ता बानी त्याग्न जरुरी छ । सन्तुलित आहार, पर्याप्त निद्रा, नियमित व्यायाम र तनाव नियन्त्रण गर्ने उपाय अपनाएर हामी आफ्नो मस्तिष्कलाई स्वस्थ राख्न सक्छौँ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार