भाद्र ६, २०८३ शनिबार August 22, 2026

पत्रकार आचारसंहिता मिच्ने दियोपोष्ट र हेर्दाहेर्दै कालोसूचीमा

दसैँ यता मात्र काउन्सिलले यी दुई सहित विभिन्न ९ सञ्चारमाध्यमलाई आचारसंहिता उल्लङ्घन भएको ठहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ, पुस १२ गते । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै थप २ सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ ।

पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेको भन्दै कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय काउन्सिलले गरेको हो । यसरी कालोसूचीमा थपिएको २ अनलाइन सञ्चारमाध्यममा दियोपोष्ट डट कम र हेर्दाहेर्दै डट कम रहेको काउन्सिलले वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

दियोपोष्टले हुँदै नभएको विषय लेखि व्यक्तिको चरित्र हत्या गरेको, समाचारको नाममा धम्कीपूर्ण व्यवहार गरेको, बार्गेनिङ गरेको भन्दै काउन्सिलले विशेष अनुगमनमा राखेको थियो । उक्त अनलाइनविरुद्ध पछिल्ला ४ महिना यता ८ वटा लिखित उजुरी परेको र त्यसमाथि काउन्सिलले पटक पटक आचारसंहिता अनुकूल काम गर्न निर्देशन दिएको थियो ।

त्यसलाई अटेर गरेपछि कालोसूचीमा राखेर थप कारबाही गर्ने निर्णय भएको थियो । त्यस्तै, कालोसूचीमा राखिएको हेर्दाहेर्दै डट कमले स्थानीय तहको चुनावको मौन अवधिका बेला भ्रमपूर्ण समाचारलाई ब्यानर बनाएको र हटाउनका लागि पटक पटक निर्देशन दिँदा पनि अटेर गरेको थियो ।

दसैँ यता मात्र काउन्सिलले यी दुई सहित विभिन्न ९ सञ्चारमाध्यमलाई आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै कालोसूचीमा राखेको छ । आगामी दिनमा गल्ती नदोहोर्‍याउने, आचारसंहिताको पालना गर्ने भन्दै लिखित निवेदन परेपछि ती मध्ये एक सञ्चारमाध्यमको कारबाही फुकुवा भएको काउन्सिल स्रोतले जानकारी दियो ।

आचारसंहिताको पूर्ण पालना गराई स्वस्थ, मर्यादित र विश्वसनीय पत्रकारिता विकास गर्न यसअघि सर्वोच्च अदालत, उच्च अदालतसहितबाट भएका फैसला, नजिरसमेतका आधारमा काउन्सिलले मापदण्ड र कार्यविधि बनाई काम गर्दै आएको छ ।

केही अनलाइन र युट्युब च्यानलले गरेका गलत काम र बेथिति रोक्न अभिमुखीकरण गराउने देखि आचारसंहिताको प्रावधान अनुसार कारबाही गर्न अदालतबाट आदेश जारी भएको थियो । सोही नजिरमा टेक्दै काउन्सिलले कार्यविधि बनाई पछिल्लो समय सक्रियता देखाइरहेको छ ।

प्रेस काउन्सिलले विभिन्न युट्युब च्यानल, सामाजिक सञ्जालका ग्रुपसहितमा स्वअनुगमन समेत गरिरहेको छ ।

पत्रकारिताको मूल्य र मान्यताविपरीत, गलत, समाजमा उत्तेजना, अफवाह फैलाउने, सामाजिक सद्भाव भड्काउने, अमर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्न काउन्सिलले विज्ञप्तिमार्फत पटक पटक आग्रह गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कापमाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण
२०८३ भाद्र ६, शनिबार
‘टप इन्ड टी–२० क्रिकेट सिरिज’ : नेपाल ‘ए’ पुरुष टोलीको लगातार दोस्रो पराजय
२०८३ भाद्र ६, शनिबार
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार
नेपाल सहित ७५ देशका आप्रवासीलाई भिसा रोक्ने ट्रम्प नीति अदालतद्वारा खारेज
२०८३ भाद्र ६, शनिबार
जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय
२०८३ भाद्र ६, शनिबार
सरकार र नागरिक बचाउ महाभियान नेपाल’बिच १४ बुँदे सहमति (पत्रसहित)
२०८३ भाद्र ६, शनिबार
गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
२०८३ भाद्र ६, शनिबार