असार २४, २०८२ मंगलबार July 8, 2025

अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्छः मुख्यमन्त्री लामा

व्यवसायीक शिक्षा आजको आवश्यकता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मनहरी (मकवानपुर),  पुस १२ गते ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्नेमा जोड दिनुभएको छ । आज  हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसद्वारा सञ्चालित विजनेश इन्क्युवेसन सेन्टर उद्घाटन गर्नुहुँदै उहाँले प्रविधिमैत्री र अध्ययनअनुसारको सीप पनि जरुरी रहेको उल्लेख गर्नुभयो ।

“जे पढेका छौँ, जे सीप छ सोही सीपअनुसारको रोजगारी गर्नुपर्छ, अध्ययन र सीप एकातिर काम अर्कोतिर गर्नाले युवा विदेशिनुपरिरहेको छ”, उहाँले भन्नुभयो ।  औद्योगिक क्षेत्रसमेत रहेको मकवानपुरमा उद्योगसँगको सहकार्यमा विषयवस्तु अध्यापन गराउनुपर्नेमा जोड दिँदै उहाँले पढाइका क्रममा शिक्षक र विद्यार्थी दुवै सकारात्मक रहनुपर्ने बताउनुभयो ।

कक्षा १२ सम्मको अध्ययनपछि युवा विदेश जानेको लर्को लागेकाले पढाइसँगै सीप सिकेर पढ्दै काम गर्दै गर्दा युवा शक्ति विदेशिनुमा रोक्न सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सरकारका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पनि विद्यार्थीलाई व्यवसाय, रोजगारी र सीपसँग जाडिनुपर्ने बताउनुभयो । क्याम्पस पढ्ने विद्यार्थी सङ्ख्या बढ्दो रहेको अवस्थामा जति छन् ती विद्यार्थीलाई पढ्दै काम गर्दै अभियानमा सहभागी गराएर अबको उच्च शिक्षा अनुसन्धानमूलक कार्यमा लैजानुपर्ने बताउनुभयो ।

क्याम्पस प्रमुख डा यमबहादुर सिलवालले विजनेश इन्क्युवेसन सेन्टर, इनोभेसन तथा स्कील ल्याबका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले आवश्यकताका आधारमा अध्ययनसँगै रोजगारी र सीपलाई प्राथमिकतामा राख्दै सेन्टर सञ्चालन गरिएको उहाँको भनाइ थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार