असार २४, २०८२ मंगलबार July 8, 2025

तीनकुने जग्गा प्रकरण : ५० वर्षदेखि मुआब्जा किचलो

सरकारले व्यक्तिको जग्गा लुटेर राखेको बालेनको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित जग्गा विवाद ५० वर्षदेखि जस्ताको तस्तै छ । पञ्चायत स्मारक पार्क बनाउन अधिग्रहण गरिएको काठमाडौं-३२ स्थित अर्बौं मूल्यको जग्गा स्मारक बनाउन तत्कालीन सरकारले २०३१ सालमा अधिग्रहण गरेको थियो । तर, जग्गा अधिग्रहण गरेको ५० वर्षसम्म न सबै जग्गा धनीले मुआब्जा पाएका छन् न पार्क नै बन्न सकेको छ ।

तीनकुनेको ५३ रोपनी जग्गामा पञ्चायत स्मारक निर्माण गर्न तत्कालीन श्री ५ को सरकारले २०३१ साल जेठ १४ गते राजपत्रमा सूचना प्रकाशित गरेको थियो । स्मारक बनाउने निर्णय भएको झण्डै २० वर्षपछि २०५२ सालमा ५३ रोपनीको लगत कट्टा गरी तत्कालीन श्री ५ को सरकार र सडक विभागको नाममा जग्गा कायम भएको थियो । तर, स्थानीयले सर्वोच्च अदालतमा मुद्दा हालेपछि उत्प्रेषणको आदेशबमोजिम लगत कट्टा बदर भएको थियो । २०५९ असार ३२ गते जग्गाको मूल्यांकन प्रतिरोपनी ५१ लाख २० हजार रुपैयाँ कायम गरिएको थियो । त्यसको साढे पाँच वर्षपछि मात्रै सरकारले जग्गाको मुआब्जा वितरण थालेको थियो । त्यतिबेला ५३ मध्ये २१ रोपनी जग्गाको मुआब्जा वितरण गरिएको थियो । २५ रोपनीको हालसम्म मुआब्जा वितरण भएको छैन ।

जग्गाधनीहरूले अहिले बाँकी जमिनको मुआब्जा चलनचल्तीको मूल्यअनुरूप नै दिनुपर्ने माग राख्दै आएका छन् । तर, सरकारले आधा जग्गाधनीलाई पहिले नै मुआब्जा दिइसकेकाले बाँकीलाई चलनचल्तीको मूल्य दिन नसक्ने बताउँदै आएको छ । अनि जग्गा विवाद समाधान गर्ने बेला बेलामा पहल र छलफल र चर्चा भने हुने गरेको छ । तर, समाधान कसैले गरेका छैनन् । यसअघि नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो । तर, उक्त निर्देशन अझैसम्म कार्यान्वयन हुन सकेको छैन । त्यसैगरी, गत जेठमा तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग तीनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवाला प्रतिनिधिले ध्यानाकर्षण गराएका थिए । छलफलमा गृहमन्त्री लामिछानेले एक हप्ताभित्रै अवस्थाबारे जानकारी लिएर सरोकारवालाको बैठक बोलाउने प्रतिबद्धता जनाउनुभएको थियो । छलफलमा उहाँले समस्या समाधानका लागि पहल गर्ने आश्वासनसमेत दिनुभएको थियो । तर, उपलब्धि भने भएन ।

अहिले फेरि काठमाडौं महानगर प्रमख बालेन्द्र साह ‘बालेन’ले तीनकुने जग्गा प्रकरणको प्रसंग उठाउनुभएको छ । शुक्रबार तीनकुनेमा आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्न आउनुभएका उहाँले तीनकुनेको जग्गा सरकारले लुटेर खाएको आरोप लगाउनुभयो । उहाँले यसअघि पनि तीनकुनेको जग्गाबारे कडा टिप्पणी गर्दै आउनुभएको थियो ।

सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ : बालेन

काठमाडौं महानगर प्रमुख बालेन साहले तीनकुने जग्गाको मुआब्जा वितरण प्रक्रियामा सरकारले कुनै काम नगरेको आरोप लगाउनुभएको छ । कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा उहाँले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको आरोप लगाउनुभयो । अहिले दुई तिहाइको बलियो सरकारले पनि यो काम गर्न नसके कहिल्यै समाधान नहुने उहाँको भनाइ थियो । ‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो । मुआब्जाको कुनै पनि प्रोसेस भएको छैन । दुई तिहाइको सरकारले चाहृयो भने जे पनि गर्न सक्छ,’ उहाँले भन्नुभयो, ‘गृहमन्त्री आफ्नै, प्रधानमन्त्री, अर्थमन्त्री आफ्नै, पैसा आफ्नैै, स्रोत-साधन आफ्नैै, सबै आफ्नैै । वडा समिति पनि त्यही सरकारको, प्रधानमन्त्री पनि त्यही सरकारको, अर्थमन्त्री पनि त्यही सरकारको । अहिले पनि यो काम भएन भने कहिल्यै पनि हुँदैन ।’

उहाँले मुआब्जा विवाद समाधान गर्न दबाब दिन पनि स्थानीयलाई आग्रह गर्नुभयो । ‘मलाई पनि भन्नुहोला, उहाँहरूलाई पनि भन्नुहोला । यथाशीघ्र समाधान होस् भन्ने शुभकामना,’ उहाँले भन्नुभयो, ‘हाम्रो उमेरभन्दा पनि बढी भयो होला यहाँको जग्गा लुटिएको । यहाँको मान्छेले दुःख पाउनुभएको छ । पचासौँ वर्षदेखि तपाईंहरूको समस्या समाधान भएको छैन । मुआब्जा पाउनुभएको छैन । कहिले कुन सरकार हुँदा मुआब्जा दिन अपोजिसनले मान्छ कि मान्दैन ? भन्ने गरिन्थ्यो । अर्को सरकार हुँदा बहुमत हुनेले मान्छ कि मान्दैन ? भन्ने हुन्थ्यो । यसपालि त दुई तिहाइको सरकार छ, तर केही पनि भएको छैन । कोही नेताले घरमा आएर काम हुँदै छ भनेर आश्वासन दिनुभएको छ भने नपत्याउनुहोला । केही काम भएको छैन । अहिलेसम्म मुआब्जा दिन केही प्रोसेस भएको छैन ।’ आजको हिमालय टाइम्सबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार