कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

राजनीतिक प्रक्रियाबाट नियुक्त भए पनि न्यायाधीशले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ : न्यायाधीश मल्ल

संविधानको परिकल्पना अनुसार अझै महिलाको उपस्थिति बढ्न नसकेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले राजनीतिक प्रक्रियाबाट न्यायाधीश नियुक्त भएका व्यक्तिले पनि स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताएकी छिन् ।

विराटनगरमा भएको कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै न्यायाधीश मल्लले राजनीतिक प्रक्रियाबाट नियुक्त भए पनि न्यायाधीशले स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताएकी हुन् ।

न्यायालयमाथि पटक पटक प्रश्न उठ्ने गरेको स्मरण गर्दै नियुक्ति राजनीतिक नै हुने भए पनि आफ्नो अब्बलता र दक्षता कामबाट देखाउनु पर्ने उनको भनाइ थियो ।

मल्लले भनिन, ‘विदेशमा पनि राजनीतिक प्रक्रियाबाट भएका नियुक्ति र निर्वाचन जितेर आएका न्यायाधीशहरुले पनि निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गरिरहेका छन्। न्यायाधीशले स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गरे नगरेको अन्तराष्ट्रिय समुदायले पनि हेरिरहेका छन् त्यसैले न्यायाधीशहरुले आफ्नो गरिमा जोगाई राख्न पर्छ ।

फरक प्रसंगमा उनले ५० प्रतिशत मुद्दालाई मेलमिलापमा पठाउने लक्ष्य रहेकाले प्रभावकारी रुपमा मेलमिलाप समितिका अधिकारीहरूलाई काम गर्न आग्रह पनि गरिन् ।

समावेशिता र समानता भनिए पनि अधिवक्ता २० प्रतिशत, वरिष्ठ अधिवक्ता ४‍.५९ प्रतिशत, सरकारी विकल २६ दशमलव ५६ प्रतिशत, कानुनको क्षेत्रमा ३६ प्रतिशत, न्याय सेवामा २८ प्रतिशत महिलाको उपस्थिति रहेको बताइन् ।

उच्च अदालतमा १५ प्रतिशत, जिल्ला अदालतमा ९ प्रतिशत र सर्वोच्च अदालतमा ११ दशमलव ७ प्रतिशत महिला पुगेको भन्दै संविधानको परिकल्पना अनुसार अझै महिलाको उपस्थिति बढ्न नसकेको उनको भनाई छ ।

महिलाहरूलाई कानुन क्षेत्रमा टिकाइ रहन सर्वोच्च अदालतले विभिन्न रणनीतिक योजना बनाएर अगाडि बढेको बताउँदै उनले अहिलेको समय प्रविधिको भएकाले अदालतको काममा डिजिटल प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताइन् ।

आजसम्म चल्ने राष्ट्रिय सम्मेलनमा देशभरका एक हजारभन्दा बढी कानून व्यवसायी महिलाहरूको सहभागिता छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार