कार्तिक ११, २०८३ बुधबार October 28, 2026

बुद्धी तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ काे घोषणा

फिल्ममा धीरज र मिरुनासँगै बुद्धी तामाङको पनि अभिनय रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १५ मंसीर । तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धी तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ घोषणा गरिएको छ ।

अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरमा धीरज मगर र मिरुना मगर फिचर्ड छन् । यसपटक पोस्टरमा लाइट ग्रीन र लाइट पिङककोको प्रयोग गरिएको छ ।

पोस्टरमा धीरज मगरले लाइट पिङ्क ड्रेस लगाएका छन् भने मिरुना मगरले लाइट ग्रीन ड्रेसमा देखिएका छन् । धीरजको स्वभाव लाइट पिङ्क जस्तै छ । उ जेन्टल छ, केयरिङ छ, रोमान्टिक छ र सफ्ट छ ।

यस्तै, मिरुना लाइट ग्रीन कलर झैँ प्रगतिशील सम्बन्ध जोड्ने, हरेक कुरामा पर्फेक्ट खोज्ने स्वभावकी छिन् । फिल्ममा धीरज र मिरुनासँगै बुद्धी तामाङको पनि अभिनय रहने छ ।

अनुषा सिनेमा वुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए ।

उनले भने, ‘उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईकको सामना गरिरहेका छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयाश रहनेछ ।’

कलाकार बुद्धी तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए । उनले भने,‘ म यसै क्षेत्रमा छु । यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु । यसपटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु । हामी फिल्मको विषयमा अन्य जानकारी र टिमको परिचय विस्तारै दिनेछौँ ।’

उनले छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा हो ‘कुस्ती’ रहेको बताए । काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भाद्रमा प्रदर्शन हुनेछ । पोस्टरमा उमङग शाहीको फोटोग्राफी र राकेश दाहालको पोस्टर डिजाइन रहेको छ ।न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार
जातीय विभेदका उजुरीलाई प्राथमिकता दिन मन्त्री बादीको प्रहरी महानिरीक्षक कार्कीसँग छलफल
२०८३ कार्तिक ११, बुधबार