भाद्र १३, २०८३ शनिबार August 29, 2026

न्यायाधीशलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः उच्च अदालत जनकपुरधामको राजविराज इजलासका एक न्यायाधीशलाई कोरोनाभाइरस संक्रमण  देखिएको छ ।

जनकपुरस्थित राजविराज इजलासका न्यायाधीशमाथि कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको हो । आइतबार न्यायाधीश, एक जना प्रहरीसहित अन्य ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा कोरोना संक्रमणको पुष्टि भएपछि वकीलको कार्यालय, अदालतका न्यायाधीश र कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिएपछि न्यायाधीशमा पनि संक्रमण देखिएको हो ।

आइतबार दिउँसोसम्म सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि राजविराज नगरपालिकामा लकडाउन गरिएको छ । अहिले बजार र पसल सुनसान रहेको प्रहरीले जनाएको छ ।

 

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम विश्वविद्यालयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय
२०८३ भाद्र १३, शनिबार
उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने
२०८३ भाद्र १३, शनिबार
बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार
२०८३ भाद्र १३, शनिबार
वर्षामा डुबाउने पेडारी नालामा बन्यो चारलेनको पुल
२०८३ भाद्र १३, शनिबार
काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
२०८३ भाद्र १३, शनिबार
त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीपीडितको शव व्यवस्थापन चुनौतीपूर्ण, ५११ शव अस्पतालमा
२०८३ भाद्र १३, शनिबार