भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

सर्वोच्चद्धारा पार्टीको निर्णय रोक्न नसक्ने आदेश जारीः सरिता गिरीको राजनीति सकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको सदस्यता र संसद्बाट सरिता गिरीलाई निष्कासन गर्ने निर्णय रोक्न अस्वीकार गरेको छ ।

न्यायाधीशहरु ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज गिरीलाई निष्कासन गर्ने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णयानुसार पदबाट हटाइएको हुँदा पार्टीको निर्णय रोक्न नसक्ने आदेश जारी गरेको हो ।

गिरीले आफूलाई पार्टीको सदस्यताबाट र सांसद पदबाट निष्कासन गर्ने निर्णय रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिईन् । आदेशमा राजनीतिक दलको निर्णय र पत्रका आधारमा नेपालको संविधान धारा, ८९ तथा राजनीतिक दलसम्बन्धी ऐनको दफा, ३२ बमोजिम पदमुक्त गर्ने गरी निर्णय भएको देखिएको उल्लेख छ ।

आदेशमा भनिएको छ, “यसरी भएको निर्णय तथा काम कारवाही रोक्ने गरी राजनीतिक दलको तथा संसद्को काम कारवाहीको विषयलाई लिएर अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन ।”

नेपालको भू-भाग लिपुलेक, कालापानी, लिम्पियाधुरा भू-भाग समेटेर नक्सा जारी गर्ने विषयमा संशोधन हालेपछि विवादमा पर्नुभएकी गिरीले गत असार २८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिईन् । दुवै पक्षको छलफलपछि आज अदालतले अन्तरिम आदेश जारी गर्न नपरेको जनाएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार