कार्तिक ११, २०८३ बुधबार October 28, 2026

गायक पृथ्वी खनालको नयाँ गीत ‘जोरी पारी’ को भिडियो सार्वजनिक

संगठित अपराधमा नलाग्न र गैरकानुनी कार्य गर्नेलाई नेपाल प्रहरीले नछाड्ने सन्देश दिदै गायक खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । गायक पृथ्वी खनालको नयाँ गीत ‘जोरी पारी’ को भिडियो सार्वजनिक गरिएको छ । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत खनालले आफ्नै युट्युब च्यानल पृथ्वी खनालबाट उक्त गित सार्वजनिक गरेका हुन् ।

भोइस अफ नेपालबाट चर्चा बटुल्न सफल गायक पृथ्वी खनाल र आर सी रिमालको स्वर रहेको उक्त गितमा फिन्जु पाख्रिनको शब्दसंगीत र साहस शाक्यको संगीत संयोजन रहेको छ ।

गितमार्फत खनालले खुला सिमानाको फाइदा उठाउदै नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करहरुले अन्तर्राष्ट्रिय स्तरमा सुन पठाउने गरिएको सन्दर्भलाई जोड्न खोजेका छन् । यस्ता संगठित अपराधमा नलाग्न र गैरकानुनी कार्य गर्नेलाई नेपाल प्रहरीले नछाड्ने सन्देश दिन खोजेको बताए ।

बिजय पुन, मौसम हिमाली र सुप्रिया खनाल अभिनित उक्त म्युजिक भिडियो सशस्त्र प्रहरी बलका ईन्स्पेक्टर समेत रहेका खनालले नेपाल प्रहरीका डिएसपी बनेर अभिनय गरेर तस्करलाई पक्राउ गरिएको देख्न सकिन्छ । नुवाकोटमा जन्मिएका गायक खनालले यसअघि केही गीत सार्वजनिक गरेका थिए ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार
जातीय विभेदका उजुरीलाई प्राथमिकता दिन मन्त्री बादीको प्रहरी महानिरीक्षक कार्कीसँग छलफल
२०८३ कार्तिक ११, बुधबार