असार २४, २०८२ मंगलबार July 8, 2025

त्रिविका परीक्षार्थीले अब अनलाइनबाटै हाजिर गर्न पाउने

चार वर्षे स्नातक तह प्रथम वर्षका नियमित परीक्षार्थीहरूका लागि मात्रै सुविधा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयले परीक्षा दिन जाने परीक्षार्थीको हाजिरी अनलाइन पोर्टलमार्फत गर्न मिल्ने व्यवस्था लागू गरेको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणाली अन्तर्गत चार वर्षे स्नातक तह प्रथम वर्ष २०८१ का नियमित परीक्षार्थीहरूका लागि यो सुविधा उपलब्ध गराइएको जानकारी दिएको हो।

परीक्षार्थीको हाजिरी सजिलो र व्यवस्थित बनाउने उद्देश्यले त्रिविले उपत्यकाभित्र र बाहिरका परीक्षा केन्द्रहरूलाई अनलाइन पोर्टल उपलब्ध गराएको छ। सोही पोर्टलबाट प्रयोग गरी परीक्षा कार्यालयले परीक्षार्थीको हाजिरी अनलाइन प्रणालीबाट गर्न सक्छन्।

परीक्षा केन्द्रमा पुगेपछि परीक्षार्थीले अनलाइन पोर्टलमा आफ्नो हाजिरी गराउनुपर्नेछ। त्रिविले परीक्षार्थीका लागि ल्याएको अनलाइन हाजिरी प्रणालीबारे सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार