बैसाख २६, २०८३ शनिबार May 9, 2026

आफ्नै श्रीमतीद्धारा बन्चरो प्रहार गरी श्रीमानको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः आफ्नै श्रीमतीले धारिलो हतियार प्रहार गरेर श्रीमानको हत्या गरेकी छन् । बाँकेको खजुरा गाउपालिका वडानं. -६ गिजरामा रहेका उनले घरायसी झगडमा बञ्चरो प्रहार गरेर हत्या गरेकी हुन् ।

जिल्लाप्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवाश खड्काले दिएको जानकारी अनुसार आइतबार दिउँसो सवा ३ बजे घरायसी विवाद हुँदा ६५ वर्षीया मिछिया थारुले ७५ वर्षीय श्रीमान लक्षीराम थारुलाई बञ्चरोले प्रहार गरी हत्या गरेकी हुन् । उनले प्रहार गरेको पाँच मिनेट भित्रै मृतकको ज्यान गएको प्रहरीले जनाएको छ ।

बञ्चरोले मृतक लक्षीरामको टाउको, खुट्टा, हातमा प्रहार गर्दा घाइते भएको खबर पाउने बित्तिकै ईप्रका धनौली खजुराबाट प्रहरी पुग्दा घटनास्थल मै मृत्यु भएको अवस्थामा शव फेला परेको जनाइएको छ ।

प्रहरीले घटनामा प्रयोग भएको बञ्चरो र मिछिया थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया