असार २३, २०८२ सोमबार July 7, 2025

आफ्नै श्रीमतीद्धारा बन्चरो प्रहार गरी श्रीमानको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः आफ्नै श्रीमतीले धारिलो हतियार प्रहार गरेर श्रीमानको हत्या गरेकी छन् । बाँकेको खजुरा गाउपालिका वडानं. -६ गिजरामा रहेका उनले घरायसी झगडमा बञ्चरो प्रहार गरेर हत्या गरेकी हुन् ।

जिल्लाप्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवाश खड्काले दिएको जानकारी अनुसार आइतबार दिउँसो सवा ३ बजे घरायसी विवाद हुँदा ६५ वर्षीया मिछिया थारुले ७५ वर्षीय श्रीमान लक्षीराम थारुलाई बञ्चरोले प्रहार गरी हत्या गरेकी हुन् । उनले प्रहार गरेको पाँच मिनेट भित्रै मृतकको ज्यान गएको प्रहरीले जनाएको छ ।

बञ्चरोले मृतक लक्षीरामको टाउको, खुट्टा, हातमा प्रहार गर्दा घाइते भएको खबर पाउने बित्तिकै ईप्रका धनौली खजुराबाट प्रहरी पुग्दा घटनास्थल मै मृत्यु भएको अवस्थामा शव फेला परेको जनाइएको छ ।

प्रहरीले घटनामा प्रयोग भएको बञ्चरो र मिछिया थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार