असार २८, २०८२ शनिबार July 12, 2025

बर्दिया अस्पतालमा नसर्ने रोगको निःशुल्क उपचार

निःशुल्क रुपमा थालेसेमियाका बिरामीलाई औषधि, सिकलसेल जाँच सेवा, नसर्ने रोगका बिरामीलाई सेवा पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गुलरिया (बर्दिया), १९ पुस : बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिकमार्फत नगसर्ने रोगको निःशुल्क उपचार सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) सँगको सहकार्यमा अस्पतालमा क्लिनिक सञ्चालनमा आएपछि मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सर जस्ता रोगको उपचार निःशुल्क गरिएको छ ।
पेन–प्लस कार्यक्रममार्फत जटिल रोगको उपचारसँगै त्यस्ता रोगबाट जोगिने उपायका बारेमा नागरिकलाई सचेतना फैलाउन प्रभावकारी हुने अपेक्षा गरिएको छ । गम्भीर नसर्ने रोगको ओपिडी सेवा, इको तथा इसीजी, विपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य बीमा र रोगको जटिलताअनुसार एम्बुलेन्स तथा माथिल्लो तहको स्वास्थ्य संस्थामा प्रेषणलगायतका सेवा सुविधा उपलब्ध गराइने बर्दिया अस्पताल गुलरियाका प्रमुख डा सुभाष पाण्डेयले बताउनुभयो ।
क्लिनिकमार्फत निःशुल्क रुपमा थालेसेमियाका बिरामीलाई औषधि, सिकलसेल जाँच सेवा, नसर्ने रोगका बिरामीलाई परामर्श जस्ता सेवा पेन–प्लस क्लिनिकमा उपलब्ध रहने अस्पतालले जनाएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार, बर्दिया जिल्लामा विभिन्न जातजातिका समुदायको बसोबास तथा थारु समुदायको बाहुल्य रहेकाले थारु समुदायमा देखिने सिकलसेल, थालेसेमियालगायतका रोगका बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको छ । कतिपय बिरामी अन्तिम समय नहुँदासम्म अस्पताल नआउने प्रवृति भएकोले गाँउघरमै क्लिनिक सञ्चालन गर्नतर्फ सोच्न आवश्यक रहेको उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार