भाद्र ११, २०८३ बिहिबार August 27, 2026

भोलिदेखि ५ दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञानको ठहरः सचेत रहन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भोलि सोमबारदेखि शुक्रबारसम्म भारी वर्षा हुने भन्दै जल तथा मौसम विज्ञान विभागले सबैलाई  सचेत रहन आग्रह गरेको छ ।

विभागको विशेष मौसम तथा बाढी बुलेटिनमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानहरुमा साउन १२ गते सोमबारदेखि १६ गतेसम्म वर्षा हुने उल्लेख गरिएको छ ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहिरहने तथा पर्याप्त जल चापयुक्त हावा पनि भित्रिने सम्भावना रहेको उल्लेख गरिएको सो बुलेटिनमा प्रदेश ५, गण्डकी, कर्णाली, सुदूर पश्चिम तथा बागमती प्रदेशहरुका केही स्थानहरुमा तथा प्रदेश १ र २ का थोरै स्थानहरुमा भारी वर्षा भई पहिरो तथा बाढी जोखिम भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

१३ देखि १५ साउनसम्म गण्डकी, कर्णाली, सुदूर पश्चिम प्रदेशहरु र प्रदेश ५ का मध्य पहाडी भु भाग भई बहने नदीहरुमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्ने सम्भावना रहेको सवभागले जनाएको छ ।

यस्तो छ जल तथा मौसम विज्ञान विभागले जारी गरेको सुचनाः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया