असार २४, २०८२ मंगलबार July 8, 2025

शिक्षक माग गर्दै विद्यार्थी आन्दोलित

कक्षा ६, ७ र ८ का विद्यार्थीहरु हाल गणित र विज्ञान विषयको परीक्षा कसरी दिने भन्नेमा चिन्तित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भैरहवा (रुपन्देही), १९ पुस : शैक्षिक सत्र सुरु भएदेखि नै गणित र विज्ञान विषयको शिक्षक नभएको भन्दै यहाँको रोहिणी गाउँपालिका–४ तरकुलहास्थित नवजीवन आधारभूत विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।
वार्षिक परीक्षा आउनै लाग्दा समेत ती दुई विषयको शिक्षक नभएकाले विद्यार्थीहरुले आज प्रधानाध्यापकलाई कार्यालयमै केही समय थुने र  गाउँपालिका विरुद्ध नाराबाजी गरे ।
कक्षा ६, ७ र ८ का विद्यार्थीहरु हाल गणित र विज्ञान विषयको परीक्षा कसरी दिने भन्नेमा चिन्तित छन् । विद्यार्थी लक्ष्मण गुप्ताले परीक्षा नजिकिँदै जाँदा तनाव भएको बताउनुभयो । “विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र स्थानीय सरकारबीच अस्वस्थ राजनीतिको मारमा हामी परेका छौँ”, उहाँले भन्नुभयो, “हामीले  अहिलेसम्म जेनतेन स्वअध्ययन गर्दै आएका छौँ, परीक्षा नजिकिँदै गर्दा स्थानीय सरकार शिक्षक पठाउन गम्भीर नभएकाले आन्दोलित हुनुपरेको हो ।”
गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु घिमिरेका अनुसार शिक्षक रिक्त भएपछि नयाँ नियुक्त गर्न सकिएको छैन । सरुवा भइ आउन विज्ञापन गरेपनि शिक्षक ल्याउन नसकिएको हो । “सुरुमा एक शिक्षक आउन खोज्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिले फाइल अगाडि बढाएन”, घिमिरेले भन्नुभयो, “पछि गङ्गाराम यादवको नाम आए पनि त्यसको फाइल हालसम्म अगाडि बढ्न सकेको छैन ।” उहाँले पनि राजनीतिक खिचातानीको मारमा विद्यार्थीहरुमा परेको स्वीकार्नुभयो ।
उहाँका अनुसार अब जो शिक्षक आए पनि पाठ्यक्रम पूरा हुन नसक्ने भएकाले विद्यार्थीहरु स्वअध्ययनकै भरमा परीक्षा दिनुपर्नेछ । उक्त विद्यालयका प्रधानाध्यापक जनार्दन यादवले विज्ञान र गणित विषयको उत्तर पुस्तिका जाँच गर्ने शिक्षक नभएको बताउनुभयो । “रामनरेश माध्यमिक विद्यालयबाट एक शिक्षक काज सरुवा भएर आउनुभएको थियो । कात्तिक ६ गतेबाट उहाँ सोही विद्यालय फर्किनुभयो”, प्रअ यादवले भन्नुभयो, “उहाँका सट्टामा आउनुपर्ने शिक्षक नआउँदा सो विषयको अध्यापन अनिश्चित बनेको हो ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार