असार २८, २०८२ शनिबार July 12, 2025

‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्‍याउन स्रोत खोज्दै’

क्यान्सर लागेकाले आफ्नै प्रदेशमा ‘केमो’ सेवा लिनसक्ने गरी सेवा विस्तार गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बिमा रकम रु एक लाखबाट पाँच लाख पुर्‍याउन स्रोतको खोजी भइरहेको बताउनुभएको छ ।

आज बनेपामा नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा आयोजित ३४औँ केन्द्रीय सभाको उद्घाटन गर्दै बिमा रकम पाँच लाख पुर्‍याउन विज्ञसहितको सुझाव समिति गठन गरिएको बताउनुभएको हो ।

“विज्ञ टोलीले आज मात्रै सुझाव प्रतिवेदन बुझाएको छ, त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने तरखरमा अघि बढ्नेछौँ”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले गर्न सक्ने विषयमा सरकारले निर्णय गरेर कार्यान्वयन गर्ने बताउनुभयो । “क्यान्सरलगायत जटिल रोग लागेका नागरिकलाई ठूलो राहत पुग्ने विश्वास गरेका छौँ, कार्यान्वयन गर्ने अठोट पनि लिएका छौँ”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा अन्य सुधारका कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिमाको ट्रेजरी झण्डै रु एक खर्बको बनाउने विषयमा कुन क्षेत्रबाट कसरी बनाउने भन्ने प्रष्ट व्यवस्था गरिएको स्थिति छ ।” स्वस्थ कर कोष रु छ अर्बको रहेकाले त्यसलाई रु १८ अर्ब बनाउनेबारे प्रस्ताव गरिएको उहाँको भनाइ छ  ।

मन्त्री पौडेलले क्यान्सर लागेकाले आफ्नै प्रदेशमा ‘केमो’ सेवा लिनसक्ने गरी सेवा विस्तार गरेको बताउनुभयो ।

मन्त्रालयले विभिन्न संस्थासँग मिलेर निरोगीताका लागि नागरिक आफैँले के गर्न हुने÷नहुने भन्नेबारे ‘निरोधात्मक चेतना विस्तार अभियान’ सञ्चालन गर्ने उहाँले जानकारी गराउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार