मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

इलामको स्वास्थ्य शिविरमा २१ बालबालिका मुटुरोगी भेटिए

बालबालिकामा बाथ मुटुरोग दुई जना र जन्मजात मुटुमा समस्या भएका १८ जना पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इलाम, २० पुसः इलाममा आज गरिएको स्वास्थ्य परीक्षणमा २१ बालबालिका मुटुरोगी भेटिएका छन् । नेपाल हर्ट फाउण्डेसन इलाम शाखाको आयोजना र गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य जाँच शिविरमा यहाँका तीन हजार आठ सय ८६ बालबालिकाको परीक्षण गरिएको थियो ।

तीमध्ये २१ जनामा मुुटुको समस्या देखिएको र आठ जनाको तुरुन्त शल्यक्रिया गर्नुपर्ने भएको फाउन्डेस सचिव रीता अधिकारीले जानकारी दिनुभयो ।

“इलाम बजारको आदर्श माध्यामिक विद्यालय र इलाम नगरपालिका–५, बरबोटेको अमर माध्यामिक विद्यालयमा परीक्षण गरियो ।” सचिव अधिकारीले भन्नुभयो, ‘आदर्शमा सात विद्यालयका दुई हजार ४२ र अमर माविमा १६ विद्यालयका एक हजार ४४ जना गरी तीन हजार आठ सय ८६ जनाको परीक्षण भयो ।’ उहाँका अनुसार बालबालिकामा बाथ मुटुरोग दुई जना र जन्मजात मुटुमा समस्या भएका १८ जना पाइएका हुन् ।

शिविरमा गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका मुटु विशेषज्ञ चिकित्सकले बालबालिकाको मुटु परीक्षण गरेका थिए । मुटुमा समस्या देखिएका बालबालिकाको शल्यक्रिया र सम्पूर्ण उपचार गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क हुने उहाँले बताउनुभएको छ ।

पढिरहेका बालबालिकामा मुटुको समस्या देखिनुले उनिहरुको स्वास्थ्य संवेदनशीलतामा प्रश्न उठेको छ । बालबालिकाले चाँडै उपचार पाउनसके अध्ययनमा समस्या नहुने अभिभावकले चिन्ता व्यक्त गरेका छन् । ‘“बालबालिकामै यो समस्या देखिनुले हामीलाई चिन्तित बनाएको छ ।’” अभिभावक राधिका भट्टराईले भन्नुभयो, ‘अब तत्काल उपचार गराएर समाधान गर्न सरकारले पनि सहयोग गर्नुपर्छ ।’ रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा राजनीतिक दलहरूको भुमिका : अध्यक्ष लिङ्देन
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकाबाट निष्कासित दुई महिलासहित २५ आप्रवासी लाइबेरिया पुगे
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
२०८३ मंग्सिर ६, आइतबार
Prime Minister Shah Heads to India for Talks with Narendra Modi
२०८३ मंग्सिर ६, आइतबार
एसियन राइजिङ स्टार्स प्रतियोगिता : युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
२०८३ मंग्सिर ६, आइतबार