असार २४, २०८२ मंगलबार July 8, 2025

सुन ओसारपसार अभियोगमा २६ करोड मागदाबीसहित नौ जनाविरुद्ध मुद्दा

दुवै घटनाको अनुसन्धान गरेको मकवानपुर प्रहरीको प्रतिवेदनका आधारमा अभियोगपत्र दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राजस्व अनुसन्धान विभागले अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा पाँच भारतीयसहित नौ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । २६ करोड रुपैयाँ बराबर मागदाबीसहित दुई मुद्दा दायर गरिएको हो ।

विभागले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा ओसारपासार गरिरहेको अवस्थामा सुन बरामद गरेको थियो ।

सोही घटनाको अनुसन्धानका क्रममा प्रहरी प्रतिवेदनका आधारमा राजस्व अनुसन्धान कार्यालय बारा पथलैयाले मुद्दा दायर गरेको हो । अनुसन्धान विभागको अनुमतिअनुसार पथलैयाले उच्च अदालत पाटनअन्तर्गतको हेटौंडा इजलासमार्फत उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागकी प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले सार्वजनिक गरेको सूचना अनुसार ८ किलोभन्दा बढी (८२४३.९७० ग्राम) सुन मकवानपुर प्रहरीले बरामद गरेको प्रतिवेदनमा उल्लेख छ ।

गत असोजको तेस्रो साता मकवानपुरको रातामाटेमा सुनससहित पक्राउ परेका दुई जना भारतीयलाई अदालतमा पेस गरिएको छ । उक्त सुन ओसारपसार गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका–९ का आयुष सापकोटा, पनौती नगरपालिका–१ का रविन्द्र वाइवा तामाङ, पर्वत जलजला गाउँपालिका– ५ का विनोद पुन, भारतीय नागरिकहरू अजिनाथ कुटे, राहुल विट्ठल बाड, राहुल गोरख दगडे र हन्मन्त विट्ठलविरुद्ध मुद्दा दायर गरिएको हो ।

घटनास्थलबाट भारतीय नागरिक अजिनाथ र राहुल पक्राउ परेका थिए । बिस्कुट आकारका ८ टुक्रा सुन जनकपुरबाट काठमाडौंको गौशालातर्फ ल्याउने क्रममा उनीहरू पक्राउ परेका हुन् । अन्य सबै फरार छन् । उनीहरूबाट बिगो र जरिवानासमेत २४ करोड २५ लाख ८७ हजार असुलउपर गर्नुपर्ने माग गरिएको छ । उनीहरूलाई हदैसम्मको जेल सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको छ ।

त्यस्तै ४९१.१३ ग्राम (आधा किलोभन्दा कम) सुन अवैध रूपमा ओसारपसार गरेको अभियोगमा सप्तरी राजविराज नगरपालिका–१ का सोनीकुमारी शाह र भारत बिहारका सुजित सराफविरुद्ध उच्च अदालत पाटनअन्तर्गतको हेटौंडा इजलासमा अभियोगपत्र दर्ता गरिएको छ ।

सुजितलाई पनि अदालत पेस गरिएको छ । गत असोजमा गहना र केही सानो पारिएका टुक्रा सुन स्कुटरमा काठमाडौं लैजाने क्रममा रातमाटामै बरामद भएको थियो । बरामद भएको सुन सबै राष्ट्र बैंकमा बुझाइसकिएको छ ।

राजस्व कार्यालय पथलैयाका प्रमुख हरिप्रसाद शर्माका अनुसार दुवै घटनाको अनुसन्धान गरेको मकवानपुर प्रहरीको प्रतिवेदनका आधारमा अभियोगपत्र दर्ता गरिएको हो । उनीहरूबाट बिगो र जरिवानाबापत १ करोड ३४ लाख ६८ हजार असुल्नुपर्ने माग गरिएको छ ।

राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा ३ विपरीतको कार्य गरेको अभियोगमा सोही ऐनको दफा ४(ख), (छ) र (झ) को कसुरमा दफा २(छ १) बमोजिम कायम गरिएको बिगो र बिगोबमोजिम कायम गरेको सतप्रतिशत जरिवाना असुलउपर गर्नुपर्ने माग गरिएको हो । दुवै घटनामा एउटै ऐन आकर्षित भएकाले सोहीबमोजिम मुद्दा दायर गरिएको विभागले जनाएको छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार