असार २८, २०८२ शनिबार July 12, 2025

सुदूरपश्चिम प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा सुरु

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रसँग सहकार्य गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी, पुस २१ गते । सुदूरपश्चिम प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा आजबाट सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रसँग सहकार्य गरेर प्रदेश सरकारले यो सेवा सुरु गरेको हो ।

बिरामीका आफन्त रोशन चौधरीलाई निःशुल्क रक्त प्रदान गर्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाहले सेवाको उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले आफू दोस्रो पटक मुख्यमन्त्री हुँदै गर्दा पहिलो निर्णयमै निःशुल्क रक्त उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेको बताउनुभयो । उहाँले सामाजिक विकास मन्त्रालयले महत्त्वपूर्ण कार्यको थालनी गरेको उल्लेख गर्नुहुँदै रेडक्रस निःस्वार्थमा सेवा गर्ने संस्था रहेको र यसमा दायाँबायाँ, भ्रष्टाचार नहुने गरेकाले प्रदेश सरकारले विश्वास गरेर रेडक्रससँग सहकार्य गरेको उल्लेख गर्नुभयो ।

“यो सहकार्य प्रदेश सरकारले अस्पतालहरूसँग पनि गर्न सक्दथ्यो”, मुख्यमन्त्रीले भन्नुभयो,“तर रेडक्रस अझ बढी विश्वासिलो संस्था रहेकाले सरकारले रेडक्रससँग सहकार्य गरेको हो ।” प्रदेश सरकारले सुम्पेको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न उहाँले रेडक्रसकर्मीहरूलाई आग्रह गर्नुभयो ।

यसैगरी सामाजिक विकास मन्त्री मेघराज खड्काले निःशुल्क रक्त सेवाले विपन्न वर्ग लगायतका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशमै सबैभन्दा बढी १०७ पटक रक्तदान गर्नु हुने दीपक उपाध्यायलाई सो अवसरमा रक्तदान सद्भावना दूत नियुक्त गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
२०८२ असार २८, शनिबार
सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका क्षेत्रमा रुवाण्डा उदाहरणीय : सभामुख घिमिरे
२०८२ असार २८, शनिबार
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन
२०८२ असार २८, शनिबार
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार