असार २४, २०८२ मंगलबार July 8, 2025

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पाँच क्षेत्र थप

सवारीसाधन बिक्री गर्ने व्यवसायीको सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय भने यातायात व्यवस्था विभागलाई तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस २२ गते । इन्भेस्टमेन्ट कम्पनीकोे सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल धितोपत्र बोर्डले नियमन गर्ने भएको छ । सरकारले नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोकेको हो ।

सरकारले सम्पत्ति शुद्धीकरण ऐन २०६४ दिएको अधिकार प्रयोग गरी समन्वय समितिको सिफारिसमा इन्भेस्टमेन्ट कम्पनीकोे सम्पत्ति शुद्धीकरण निवारणका लागि धितोपत्र बोर्डलाई नियामक तोकेको हो ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै पाँच करोड रुपियाँ वा सोभन्दा बढी चुक्तापुँजी भएका वा १० करोड रुपियाँभन्दा बढी वार्षिक कारोबार गर्ने इन्भेस्टमेन्ट कम्पनीको हकमा बोर्डले सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमन गर्ने जनाएको छ ।

आगामी पुस मसान्तदेखि नियमन सुरु गर्नुपर्ने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ तर पाँच करोडभन्दा कम चुक्तापुँजी भएका वा वार्षिक १० करोडभन्दा कम कारोबार गर्ने इन्भेस्टमेन्ट कम्पनीको हकमा भने जोखिमको आधारमा बोर्डले तोकेको मितिदेखि नियमन सुरु गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय नेपाल राष्ट्र बैङ्कलाई तोकेको छ ।

सवारीसाधन बिक्री गर्ने व्यवसायीको सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय भने यातायात व्यवस्था विभागलाई तोकिएको छ ।

त्यसै गरी सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर ठहर हुने विभिन्न पाँच क्षेत्र थप गरेको छ । सरकारले मानव तस्करी, हुन्डी, अभौतिक मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो सञ्चालन गरेमा सम्पत्ति शुद्धीकरणको कसुर ठहर हुने राजपत्रमा सूचना प्रकाशित गरी जानकारी गराएको छ ।गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया