कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सार्वजनिक यातायातको भाडा ३ प्रतिशतले बढ्यो, कहाँ पुग्न कति लाग्छ ?

५८४ किमिको दूरीमा रहेको काठमाडौं–गौरीगञ्जको भाडा सामान्य १७०९, डिलक्समा २०५१ र सुपर डिलक्समा २४६१ कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, २२ पौष । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै आजैबाट लागू हुने गरी भाडादर बढाइएको जनाएको हो ।

जसअनुसार यात्रुवाहक सवारीको भाडा ३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ० दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ० दशमलव ०५ प्रतिशतले बढाइएको विभागले जनाएको छ ।

विभागले सार्वजनिक यातायात सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा बजार अध्ययन, विश्लेषण तथा सरोकारवाला पक्षसँगको परामर्शपछि मन्त्रीस्तरीय सहमतीका आधारमा भाडा बढाइएको जनाएको छ ।

जसअनुसार ५८४ किमिको दूरीमा रहेको काठमाडौं–गौरीगञ्जको भाडा यसअघि १ हजार ६ सय ५४ रहेकोमा अब सामान्य सार्वजनिक सवारीका हकमा १७०९, डिलक्समा २०५१ र सुपर डिलक्समा २४६१ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार