असार २४, २०८२ मंगलबार July 8, 2025

भारत सरकारको सहयोगमा नवनिर्मित म्याग्दी बहुमुखी क्याम्पस भवन हस्तान्तरण

नवनिर्मित संरचनाले म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उच्च शिक्षा तथा छात्रावास सुविधामा पहुँच दिलाउन मद्दत गर्ने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २ करोड ७ लाख ९३ हजार बराबर आर्थिक सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ ।

म्याग्दीस्थित म्याग्दी बहुमुखी क्याम्पसको क्याम्पस तथा छात्रावास भवनको आज जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख राजकुमार थापा र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रुपमा क्याम्पस व्यवस्थापन समितिलाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग मानविकी भवन खण्ड, व्यवस्थापन भवन खण्ड, छात्राका लागि छात्रावास भवन तथा अन्य सहयोगी संरचनासहितको क्याम्पस भवनको निर्माणमा उपयोग गरिएको थियो । यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, म्याग्दीमार्फत कार्यान्वयन गरिएको थियो ।

राजनीतिक प्रतिनिधि, जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख, म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्षले नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको सराहना गरेका थिए ।

नवनिर्मित संरचनाले म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उच्च शिक्षा तथा छात्रावास सुविधामा पहुँच दिलाउन मद्दत गर्ने विश्वास लिइएको छ । साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउँनेछ ।

म्याग्दी बहुमुखी क्याम्पस सन् १९९६ मा स्थापना भएको हो । यस सामुदायिक क्याम्पसले स्नातक तथा स्नातकोत्तर तहका विषयहरु अध्यापन गराउँदै आएको छ ।

क्याम्पसमा करिब ९५० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमा ७० प्रतिशत छात्राहरु रहेका छन् ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार