असार २४, २०८२ मंगलबार July 8, 2025

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको औपचारिक हस्तान्तरण

बागलुङमा भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २३ पुस : ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बागलुङस्थित भीमगिठे माध्यमिक विद्यालयको विद्यालय भवन हस्तान्तरण गरिएको छ ।

जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अमरबहादुर थापा, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाशकुमार सिंहले संयुक्तरूपमा विद्यालय व्यवस्थापन समितिलाई औपचारिक रूपमा आज हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीलगायतको उपस्थिति रहेको दूतावासले जनाएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग अन्य सहयोगी संरचनासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, बागलुङमार्फत कार्यान्वयन गरिएको थियो ।

जिल्ला समन्वय समिति, बागलुङका प्रमुख, बडिगाड गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको सराहना गर्नुभएको थियो ।

नवनिर्मित संरचना विद्यालयका विद्यार्थीलाई शिक्षा प्रदान गर्न उपयोगी हुनेछ । साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने बताइएको छ ।

उक्त विद्यालय सन् १९५८ मा स्थापना भई सन् १९६८ मा निम्न माध्यमिक विद्यालयका रूपमा स्तरोन्नति भएको हो । पछि सन् १९८८ मा यो विद्यालय माध्यमिक तहमा स्तरोन्नत भएको विद्यालयले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयमा करिब ७०० जना विद्यार्थीहरू अध्ययनरत छन् जसमा ५४ प्रतिशत छात्रा रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार