असार २४, २०८२ मंगलबार July 8, 2025

गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार

अब सुदूरपश्चिम प्रदेशमा पनि उक्त कार्यक्रम सञ्चालन गर्नेगरी गृहकार्य हुँदृ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुदूरपश्चिम। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा प्रस्तावित शहीद दशरथचन्द विश्वविद्यालय सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले नेपालका अन्य छ प्रदेशमा चिकित्साशास्त्रमा अध्यापन सुरु भइसकेको सन्दर्भमा अब सुदूरपश्चिम प्रदेशमा पनि उक्त कार्यक्रम सञ्चालन गर्नेगरी गृहकार्य भइरहेको जानकारी दिए।

उनले भने, ‘विश्वविद्यालय बनाउनुअघि गेटामा तीनसय शैय्याको अस्पताल सञ्चालन गर्ने र आगामी असारदेखि ‘एमबिबीएस’को पढाइ थाल्नेगरी तयारी भइरहेको छ।’ शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय बनाउनेसम्बन्धी विधेयक संसदीय समितिमा छलफलमा रहेकाले संसद्को आगामी अधिवेशनमा त्यसलाई प्रवेश गराइने मन्त्री पौडेलले बताए।

उनले विश्वविद्यालय सञ्चालनका लागि भौतिक पूर्वाधारसँगै अस्पताल सञ्चालन र अध्यापन पनि सुरु गर्नुपर्ने भएकाले त्यसका लागि नीति निर्माण गर्नुपर्ने बताए। उनले भने, ‘गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न सबै दल सहमत छन्, सरकार काठमाडौं बाहिर पनि छ भन्ने पुष्टि गर्न पनि शहीद दशरथ चन्द विश्वविद्यालय स्थापना हुन आवश्यक छ।’

विश्वविद्यालय सञ्चालनपछि मात्रै अस्पताल चल्छ र एमबिबीएसको पढाइ हुन्छ भन्ने कुरा नभएको बताउँदै उनले भने, ‘अहिले नै अस्पताल चलाउन सकिन्छ, यसका लागि छात्रवृत्तितर्फका १२ जना चिकित्सक र १८ जना नर्सलाई गेटामा पठाएर तत्काल अहोरात्र आकस्मिक सेवा र सघन उपचार सेवा सञ्चालन गर्न लागेका छौँ।’

गेटामा मेडिकल विश्वविद्यालय स्थापनामा सुदूरपश्चिम प्रदेशवासीले बढी चासो राख्दै आएका छन्। विश्वविद्यालय सञ्चालनका लागि दबाब दिन गठन भएको संघर्ष समितिले पटकपटक दबाबमूलक कार्यक्रम गर्दै आएको छ।

गोदावरी नगरपालिकाको गेटामा मेडिकल कलेज सञ्चालन गर्न रु सात अर्बको लागतमा एक वर्षअघि नै सुविधासम्पन्न भवन एवं संरचना निर्माण भएका छन्। संघर्ष समिति र स्थानीयवासीको निरन्तरको दबाबपछि ती संरचनामा ५० शैय्याको अस्पताल सञ्चालनमा ल्याइए पनि अस्पतालको सघन उपचार कक्ष९आइसियु०, जनरल बेड र आकस्मिक कक्षबाट अपेक्षाकृत सेवा प्रवाह हुन सकेको छैन। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार