असार २४, २०८२ मंगलबार July 8, 2025

कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु

कम्पनीमा काम गरी आफ्नै कोठामा खाना खाएर सुतेको अवस्थामा मृत फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। गैरकानुनी बाटो हुँदै रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली महिला श्रमिकको मृत्यु भएको छ । चिसोबाट बच्न कोइला बालेर सुतेका उनीहरूको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा पीपलमाढी–३ सिन्धुलीकी २१ वर्षीया अदिमाया तामाङ र हिलिहाङ–२ पाँचथरकी ५६ वर्षीया कमलादेवी लिम्बु रहेको कुवेतमा रहेका सामाजिक अभियन्ता घनश्याम थापामगरले जानकारी दिए । उनका अनुसार अत्यधिक चिसोका कारण कोइला बालेर सुत्दा उनीहरूको मृत्यु भएको हो ।

उनीहरूको मृत्युबारे कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको थापामगरले बताए । दूतावासले पनि रोजगारदाता कम्पनीसँग समन्वय गरेर मृतकको शव नेपाल पठाउने कानुनी प्रक्रिया थालिसकेको जनाएको छ । केही दिनअघि मात्र प्यूठानको सरुमारानी बस्ने २१ वर्षीया यानीसरा घर्ती मगरले कुवेतमै आत्महत्या गरेकी थिइन् ।

यससँगै एक साताको अवधिमा कुवेतमा तीन जना घरेलु महिला कामदारले ज्यान गुमाएका छन् । पछिल्लो समय गैरकानुनी बाटो हुँदै कुवेत पुगेका सयौं नेपाली महिला घरेलु कामदारले आफूलाई घरमालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध गर्दै आएका छन् ।

साउदीमा पनि सुतेकै ठाउँमा नेपाली कामदारको मृत्यु

यसैगरी, रोजगारीको सिलसिलामा साउदी पुगेका दाङका एक युवाको आफू सुतेकै स्थानमा मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ दंगीशरण गाउँपालिका–६ थपगाउँका ३८ वर्षीय अर्जुन सार्की रहेका छन् । सार्कीको राति सुतेकै अवस्थामा मृत्यु भएको हो ।

उनी ३८ महिनाअघि काठमाडौंस्थित मोन्टेज म्यानपावरमार्फत साउदी पुगेका थिए । उनी त्यहाँको लजिस्टिक कम्पनीमा काम गर्दै आएका थिए । उनी कम्पनीमा काम गरी आफ्नै कोठामा खाना खाएर सुतेको अवस्थामा मृत फेला परेका हुन् ।

मृतकका परिवारजनले शवलाई नेपाल पठाइदिन रियादस्थित नेपाली दूतावास, संघ संस्था र नेपाल सरकारसँग आग्रह गरेका छन् । मृत्यु भएको कारण भने खुल्न सकेको छैन । मृतकको घरमा आमा, श्रीमती र दुई सन्तान छन् । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार