असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जन गर्नुपर्ने

विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनासम्बन्धी विषय परिमार्जनका लागि विज्ञ समिति बनाएर काम गर्न सहकार्यको प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २४ पुसः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन गर्नुपर्ने बताउनुभएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग भेटवार्ता गर्दै उहाँले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनासम्बन्धी विषय परिमार्जनका लागि विज्ञ समिति बनाएर काम गर्न सहकार्यको प्रस्ताव गर्नुभयो ।

उहाँले भन्नुभयो, “नसर्ने रोग बढ्दै गएकाले यसलाई रोकथाम गर्न विद्यालय तहबाटै सचेतनामूलक सामग्री प्रभावकारी बनाउनुपर्छ । पाठ्यक्रम विकास केन्द्रलाई स्तरीय सामग्री तयार पार्नका लागि मन्त्रालय सहकार्य गर्न तयार छ ।”

उहाँले पाठ्यक्रममा स्वस्थ खानपिन तथा मादकपदार्थविरुद्ध सचेतनाका विषय पनि समावेश गर्न सुझाव दिनुभयो ।

यसका लागि दुवै मन्त्रालयको संयुक्त समूह बनाउन मन्त्री पौडेलले गरेको प्रस्तावमा मन्त्री भट्टराईले सकारात्मक प्रतिक्रिया जनाउनुभयो । उहाँले दुवै मन्त्रालयबीच सहकार्यको प्रस्ताव सराहनीय रहेकाले थप गृहकार्य आवश्यक रहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार