असार २४, २०८२ मंगलबार July 8, 2025

नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालय

सम्झौताअनुसार छात्रावास भवनको डिजाइन फागुनभित्र तयार पार्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी । पोखरा विश्वविद्यालयले नयाँ छात्रावास बनाउने तयारी सुरु गरेको छ । पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको दक्षिणतर्फ रहेको १२ रोपनी क्षेत्रफलमा छात्रावास निर्माण गर्ने तयारी थालिएको हो ।

नयाँ छात्रावास भवन एक सय विद्यार्थी क्षमताको पाँचतल्ले हुने र पहिलो तल्ला शिक्षण अस्पतालमा कार्यरत रेसिडेन्ट नर्सहरूको आवासका रूपमा प्रयोग गर्ने योजना रहेको विश्वविद्यलायका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए। विश्वविद्यालयले नयाँ छात्रावास भवन निर्माण अघि बढाउँदै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सम्बन्धमा पेस कन्सल्टेन्ट प्रालिसँग ठेक्का सम्झौता भएको उनले जानकारी दिए ।

पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा दीपकबहादुर भण्डारी र पेस कन्सल्टेन्टका प्रबन्ध निर्देशक इञ्जिनियर विष्णुप्रसाद खनालले उपकुलपति प्रा डा बेदराज केसीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको सूचना अधिकारी ढकालले जानकारी दिए ।

सम्झौताअनुसार छात्रावास भवनको डिजाइन फागुनभित्र तयार पार्ने जनाइएको छ । परामर्शदाताले छात्रावाससँगै भौतिक संरचना (आन्तरिक सडक, पैदल मार्ग, ढल, बगैँचा र पार्किङ) को विस्तृत वास्तु कलात्मक तथा इन्जिनियरिङ डिजाइन तयार गर्नेछन् । सम्झौताको कूल रकम १७ लाख ८८ हजार दुई सय २५ रहेको विश्वविद्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार