कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

मुख्यमन्त्रीसमक्ष कार्यदलद्वारा प्रतिवेदन प्रस्तुत

प्रतिवेदन प्रदेश संरचनासहित सङ्घीय र स्थानीय सरकारका लागि मार्गदर्शन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोरङ, २४ पुस : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण प्रतिवेदनलाई गम्भीर रूपमा अध्ययन गरी कार्यान्वयन गरिने बताउनुभएको छ ।

प्रदेश सरकारले गठन गरेकोे सङ्घीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माणसम्बन्धी अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आगामी २१ दिनभित्र अध्ययन गरी आवश्यक सुझाव लिखित रूपमा बुझाउन समेत निर्देशन दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रतिवेदनमा औँल्याएका कानुन निर्माण, संशोधन र साझा र एकल अधिकार, मन्त्रालयको कानुन निर्माण, नियमावलीसम्बन्धी सुझाव दिनसमेत आन्तरिक मामिला मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले प्रतिवेदन प्रदेश संरचनासहित सङ्घीय र स्थानीय सरकारका लागि मार्गदर्शन हुने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भत्रुभयो, “मुलुकमा राजनीतिक स्थायित्वको चरण शुरू भएकोमा खुशी छु , प्रदेशको आगामी हिउँदे अधिवेशनमा विधेयक, ऐन निर्माण, संशोधनलगायत थुप्रै विजनेश प्रदेशसभाले प्राप्त गर्ने तयारी सरकारले गरेको छ ।” उहाँले प्राप्त प्रतिवेदन आगामी २१ दिनपछि सार्वजनिक गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले विसं २०८१ वैशाख २७ गते चुडामणि आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार