कार्तिक ११, २०८३ बुधबार October 28, 2026

सिनेमा ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

निर्देशक प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा स्वर शान्ति श्री परियार र गायक तथा संगीतकार सपुतको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । गायक प्रकास सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । आगामी चैत्र २२ गते देखि प्रदर्शनमा आउन लागेको सिनेमाको गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । निर्देशक प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा स्वर शान्ति श्री परियार र गायक तथा संगीतकार सपुतको सुन्न सकिन्छ ।

मौसम हिमालीको कोरियोग्राफी तथा प्रविन भट्टको सम्पादन रहेको गीतमा गायक तथा निर्देशक प्रकास सपुतले बागलुङ जिल्ला आसपासमा परिचित यानिमाया, सालैजो र घाँसदाउरा अनि मेलापातमा प्रयोग हुने टिपिकल ग्रामिण परिवेश देखाएका छन् । जसले दर्शकको मन जित्ने देखिन्छ । गीतको भिडियोमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन् ।

गीतमा शब्द रचना र संगीत पनि प्रकाशकै छ । गीतको भिडियोमा सिनेमाको निर्माणपक्षले धक खालेर खर्च गरेको छ । ठूलो संख्यामा कोरस नचाइएको छ । कुशल कोरसको प्रस्तुतिले भिडियो राम्रो बनेको छ । रोधी गाएको दृश्यले भिडियो उत्कृष्ट देखिन्छ ।

गीतको भिडियोमा सिनेमाका केही संवाद समावेश गरिएको जस्तो लाग्छ । संवादले भिडियो रमाइलो बनेको छ । गीतमा सिनेमाका मुख्य दुई पात्र प्रकाश र स्वस्तिमाको प्रेम देखाइएको छ । उनीहरुबीच रहेको खुला प्रेम संवादले भिडियोलाई रमाइलो बनाएको छ ।

‘वसन्त’ निर्माणमा आफु र आफ्नो टिमले निकै मेहनत गरेकाले आफुले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा गायक, अभिनेता तथा निर्देशक सपुतको विश्वास छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । सिनेमामा अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् । प्रकाश सपूतको डेब्यु सिनेमा ‘परदेशी-२’ सुपरहिट भएको थियो । हालै प्रदर्शनमा आएको दोस्रो सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ले पनि कीर्तिमानी व्यापार गरेको थियो । यो सिनेमाबाट उनले निर्देशनमा पनि हात हालेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार
जातीय विभेदका उजुरीलाई प्राथमिकता दिन मन्त्री बादीको प्रहरी महानिरीक्षक कार्कीसँग छलफल
२०८३ कार्तिक ११, बुधबार