असार २४, २०८२ मंगलबार July 8, 2025

कोटेश्वर क्याम्पस प्रमुखमा पोखरेल

नवनियुक्त क्याम्पस प्रमुख पोखरेलले एक समारोहबिच क्याम्पसमा पदभार ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, पुस २७ गते । कोटेश्वर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्रकाश पोखरेल नियुक्त हुनु भएको छ । क्याम्पस व्यवस्थापन समितिको हालै बसेको बैठकले पोखरेललाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।

विगत १४ वर्षदेखि कोटेश्वर क्याम्पसमा अध्यापन गराउँदै आएका पोखरेल विद्यावारिधिरत हुनुहुन्छ । नवनियुक्त क्याम्पस प्रमुख पोखरेलले अनुसन्धान व्यवस्थापन एकाइ (आरएमसी) को प्रमुख र सहायक क्याम्पस प्रमुखको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । नवनियुक्त क्याम्पस प्रमुख पोखरेलले एक समारोहबिच क्याम्पसमा पदभार ग्रहण गर्नुभयो ।

क्याम्पस व्यवस्थापन समिति सदस्य लेखनाथ घिमिरेका अनुसार व्यवस्थापन समितिले निवर्तमान क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीको विदाई र नवनियुक्त क्याम्पस प्रमुख पोखरेललाई स्वागत गरेको छ । कार्यक्रममा नवनियुक्त क्याम्पस प्रमुख पोखरेललाई क्याम्पस व्यवस्थापन समिति, प्राध्यापक र कर्मचारीले बधाईसहित स्वागत गर्नुभएको थियो ।

निवर्तमान क्याम्पस प्रमुख कार्कीलाई विदाई गरिएको छ । पोखरेलले क्याम्पसको थप पूर्वाधार निर्माणका लागि रणनीतिक योजना बनाएर अगाडि बढ्नुका साथै गुणस्तरीय शिक्षामा जोड दिएर क्याम्पसलाई देशकै सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट क्याम्पसको रूपमा विकास गर्ने आफ्नो आगामी योजना रहेको बताउनुभयो ।

विसं २०४७ सालमा स्थापना भएको कोटेश्वर क्याम्पस सामुदायिक क्याम्पस हो । प्लस टु, स्नातक र स्नातकोत्तर तहसम्मको अध्यापन हुने क्याम्पसमा करिब चार हजार विद्यार्थी अध्ययनरत छन् । न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यो क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले विसं २०८० मा गुणस्तर प्रत्यायनकृत (क्युएए) समेत प्रदान गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार