श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गायक सविनले ल्याए बिहानीको किरण

भिडियोमा जीवन भट्टराई र लक्ष्मी बर्देवाको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गायक सविन श्रेष्ठले बिहानीको किरण बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा उनकै शब्द र संगीत छ।

गीतले प्रेम र एकअर्काबीचको साथको कुरा गर्छ। धोकाधडीमा रुमलिएको युवायुवतीको प्रेममा विश्वास र भरोसाको अपेक्षाको कुरा गर्छ। गीतको भिडियोमा जीवन भट्टराई र लक्ष्मी बर्देवाले अभिनय गरेका छन्।

भिडियोको निर्देशन पनि जीवन र लक्ष्मीले नै गरेका छन्। भिडियोमा बुद्ध थापाको छायांकन र विष्णु खड्काको सम्पादन रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया