कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

हामीसँग देश विकासको प्रष्ट भिजन छ : मन्त्री गुरुङ

हालसम्म विगतमा भत्किएका र बिग्रिएका बेथीतिलाई सुधार गर्दै देशलाई सही दिशातर्फ उन्मुख हुन लागेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, माघ १ गते । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक परिवर्तन गर्ने सरकारको भिजनको जरुरी हुने बताउनुभयो । उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धित सरकारसँग देश विकासको प्रष्ट भिजन रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग देश विकासको प्रष्ट भिजन छ ।”

नेपाल टेलिभिजनमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) को पूर्वारम्भ कार्यक्रम सम्बोधन गर्दै मन्त्री गुरुङले हालसम्म विगतमा भत्किएका र बिग्रिएका बेथीतिलाई सुधार गर्दै देशलाई सही दिशातर्फ उन्मुख हुन लागेको बताउनुभयो ।

उहाँले विकासका विभिन्न अवरोध सिर्जना गर्ने आधारलाई तत्काल सुधार गर्न र विकासको तिब्रतासँगै, शुसासन जोगाउन सरकारले अध्ययादेश ल्याएको बताउनुभयो ।

“अब मुलुक कोमाबाट निस्किएर आइसियुमासम्म आइपुगेकोछ” उहाँले भन्नुभयो, “केही समयमा हामीले मुलुकलाई स्वस्थ र चलायमान बनाउछौँ ।” उहाँले लोकतान्त्रिक समाजमा सरकारको सही आलोचना गर्न पाइने तर्क गर्नुभयो । जनताले सही सूचना पाउनुपर्छ, तर गलत सूचना होइन भन्ने उहाँको जोड थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार