कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेपाल प्रहरीका २५ प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक –एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फका २५ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

जसमा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत रमेश थापा, केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत होबिन्द्र बोगटी, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्कासमा कार्यरत प्रकाश मल्ल रहेका छन् ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत शान्तिराज कोइराला, काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, त्रिपुरेश्वरमा कार्यरत सन्तोष सिंह राठौर तथा जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रभु प्रसाद ढकाल रहेका छन् ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रहरी उपरीक्षकलाई वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार