श्रावण ५, २०८३ मंगलबार July 21, 2026

पन्ध्र दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी

आगामी माघ १८ गते काठमाडौँको माइतीघर मण्डलामा धर्ना गर्ने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल निर्माण व्यवसायी महासंघले माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ।

बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले निर्माण व्यवसायीहरूले सरकारविरुद्ध चरणबद्ध रूपमा सडकमा जाने घोषणा गरेको हो। निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलाले सरकारले निर्माण व्यवसायीहरूका माग र समस्यालाई सम्बोधन गरेको भन्दै आन्दोलनमा जाने निर्णय गरेको छ।

उक्त निर्णय बमोजिम निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगीहरूले मूल्य वृद्धि, भुक्तानी अभाव, सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता जस्ता समस्या समाधान नगरेको भन्दै आन्दोलनको घोषणा गरेको जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव रोशन दाहालले माघ ३ गतेदेखि ७ गतेसम्म प्रधानमन्त्री,विकासे मन्त्रालयका मन्त्री, सबै मन्त्रीहरू, राजनीतिक दलका अध्यक्षहरू, संघीय सरकारी निकाय, प्रदेश महासंघले प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई माग पूरा गराउन माघ १५ गतेसम्मको अल्टिमेटम दिने बताए। उनले महासंघले आगामी माघ १८ गते काठमाडौँको माइतीघर मण्डलामा धर्ना गर्ने घोषणा गरे।

उनले माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना‚ २१ गतेदेखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाका ठप्प पार्ने बताए। उनले त्यसपछि पनि सरकारले व्यवसायीहरूका माग सम्बोधन नभए राष्ट्रिय गौरवका आयोजना सहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गरिने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन कुलमानको माग
२०८३ श्रावण ५, मंगलबार
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना छ : संयोजक दाहाल
२०८३ श्रावण ५, मंगलबार
आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेपाल नामिबियासँग ८ विकेटले पराजित
२०८३ श्रावण ५, मंगलबार
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै
२०८३ श्रावण ५, मंगलबार
विदेशबाट देउवाको चेतावनी : सरकार अलोकतान्त्रिक बाटोमा जान सक्छ
२०८३ श्रावण ५, मंगलबार
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार