असार २४, २०८२ मंगलबार July 8, 2025

त्रिभुवन विश्वविद्यालय स्नातक तहको भर्ना म्याद एक हप्ता थप

शिक्षाध्यक्षको कार्यालयले यश विषयमा चाडै सूचना जारी गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय स्नातक तहको भर्ना थप गर्ने भएको छ। शिक्षाध्यक्षको कार्यालयले डीनहरूसँग गरेको छलफलपछि भर्ना पुनः थप्ने भएको हो। यो विषयमा कुनै निर्णय नगरेपनि एक हप्ता थप गर्ने विषयमा डीनहरूले सुझाव दिएका हुन्।

सोही आधारमा शिक्षाध्यक्षको कार्यालयले एक हप्ता पुनः भर्ना खोल्ने निष्कर्ष निकालेको हो। शिक्षाध्यक्षको कार्यालयले यश विषयमा चाडै सूचना जारी गर्ने जनाएको छ। शिक्षाध्यक्षको कार्यालयले स्नातक तहको भर्ना रोक्न सबै डीन कार्यालयहरूलाई निर्देशन दिएको थियो। सोही आधारमा डीन कार्यालयले भर्ना प्रकृया रोकेका थिए।

विद्यार्थी भर्ना हुन नपाउदै भर्ना प्रकृया रोकेको भन्दै चौतर्फी विरोध जनाएका थिए। त्यसपछि शिक्षाध्यक्ष प्राडा खड्क केसीले सबै डीनहरूसँग आज छलफल गरेका थिए। छलफलका क्रममा डीनहरूले भर्ना म्याद पुनः खोल्न सुझाव दिएका थिए। ‘हामीहरूले सुझावको क्रममा थप गर्नु राम्रो भनेका छौ। त्यहि आधारमा शिक्षाध्यक्षको कार्यालयले भोलीसम्ममा केही सुचना जारी गर्ला,’ एक डीनले भने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार