कार्तिक ११, २०८३ बुधबार October 28, 2026

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

खानलाई ६ ठाउँमा चोट लागेको छ, जसमध्ये दुई गहिरो घाउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ । मुमबईको बान्द्रास्थित घरमा परिवारसँगै रहेका खानमाथि गएराति आक्रमण भएको हो ।

हिन्दुस्तान टाइम्सका अनुसार राति करिब २ः३० बजे एक आक्रमणकारी खान र उनकी श्रीमती करिना कपुरको बान्द्राको घरमा प्रवेश गरेका थिए । यो समयमा खान परिवारसँगै घरमा थिए ।

एक अज्ञात व्यक्ति खानको घरमा प्रवेश गरेका थिए । त्यसपछि ती व्यक्ति र खानबीच झडप भएको थियो । यस क्रममा खान घाइते भएका हुन् ।

घटनालगत्तै उनलाई लीलावती अस्पताल लगिएको थियो । लीलावती अस्पतालका सीओओ डाक्टर नीरज उत्तमानीका अनुसार खानलाई ६ ठाउँमा चोट लागेको छ, जसमध्ये दुई गहिरो घाउ छन् ।

मेरुदण्डको छेउमा लागको घाउको शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ । आक्रमणकारी घटनास्थलबाट भागेको र खोजी भइरहेको बान्द्रा प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार
जातीय विभेदका उजुरीलाई प्राथमिकता दिन मन्त्री बादीको प्रहरी महानिरीक्षक कार्कीसँग छलफल
२०८३ कार्तिक ११, बुधबार