श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गायिका कसम रानी ठकुरीको यस्तो छ संघर्षको कथा

सुरुमा काठमान्डौं आउँदा कोठा भाडा सम्म तिर्न धौ धौ हुने कसमले अहिले गीत गाएरै महिनाको एक लाख भन्दा बढी कमाउँछिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अहिले लाईभ दोहोरी मार्फत सबैको मन जित्दै चर्चा कमाउन सफल कसम रानी ठकुरी एक सामान्य परिवारकी छोरी हुन् । कास्कीमा जन्मिएकी कसम रानी ठकुरी सानै देखि गीत गाउन खप्पिस थिईन् ।

स्कूलमा हुने गायन प्रतियोगितामा सधै प्रथम हुने कसमलाई विस्तारै गीत संगीतमा मोह बढ्‌दै जान थाल्यो। उनले १०+२ पढ्दा पढ्दै स्कुले जीवन बन्द गरेर गीत संगीतमा पाइला अघि बढाउन थालिन् । सामान्य दोहोरी साँझबाट गायन यात्रा सुरु गरेकी कसम रानी आज आफ्नै मेहेनत र लगनशिलताले राम्रो गायिकाको रुपमा स्थापित भएकी छन् ।

उनले घर बढार्ने कुचो, आउँदा जाँदा भेटमला, बन मान्छे, चोली टिमिक्कै, प्यासी मन जस्ता धेरै अफिसियल गीत हरुमा आवाज भरेकी छिन् । कमाएको पैसा सबै खर्च गरेर अफिसियल गीत निकाल्दा पनि सफल हुन नसकेकी कसमलाई लाईभ दोहोरिले साच्चिकै सफलता दिएको उनी बताउँछिन् । अहिले उनलाई दोहोरी गाउँन भ्याई नभ्याई छ। केही समय अगडि मात्र लाईभ दोहोरि विधाबाट उत्कृष्ठ गायिकाको अवार्ड हात पारेकी कसमले फेरि अर्को उत्कृष्ठ नब गायिका अवार्ड उनकै भखरै मात्र निस्केको अफिसियल गीत प्यासीबाट पाएकी छिन् ।

जसमा शब्द सङ्गीत सिताराम परियारको रहेको छ भने गायक भूपेन्द्र राना र स्वयम् कसमले आवाज दिएका छन् । उनी भन्छिनः मैले गरेको मेहेनतको हिसाब भगवानले गरिरहनु भएको छ र अझै धेरै मेहेनत गर्ने छु र एउटा असल कलाकार र मानव भएको परिचय दिने छु। सुरुमा काठमान्डौं आउँदा कोठा भाडा सम्म तिर्न धौ धौ हुने कसमले अहिले गीत गाएर नै महिना को एक लाख भन्दा बढी कमाउँछिन् । उनले भने अनुसार कमाएको केही पैसा परिवारलाई केही आफू‌लाई र केही दुःखी गरीबलाई पनि सहयोग गर्छिन् रे ।

आफूलाई मन नपरेको कुरामा अली छिटो प्रतिक्रिया दिने हक्की स्वाभावकी कसमलाई मन नपराउने कमै मान्छेहरू छन् । उनका गीत सुनेर उनलाई आशीर्वाद र माया दर्शाउने को भिड नै लाग्छ। उनी रमाइला ठट्‌याउली पिडा दाएक प्रेमील सबै खाले दोहोरी खुलेर गाउन सक्ने गायिकामा पर्छिन् ।

अझै बढी गीत गाउदा उनले देखाउने हाउ भाउले झन् दर्शक मोहित हुन्छन र उनको प्रशंसा पनि त्यतिकै गरेका हुन्छन् । सबै खाले दोहोरी खुलेर नडराई गाउने उनको उर्जासिल बानीले नै आज कसम रानी भनेर सबैले चिनेका छन् ।

May be an image of 1 person, smiling and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया