कार्तिक ११, २०८३ बुधबार October 28, 2026

रेशम र सीताको मौलिक गीतः ढल्यो लाँकुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ५ माघः रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक भएको छ । पञ्चैबाजाको तालमा रहेको यो गीतलाई सीता परियार युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रमेश बिजीको शब्द रहेको गीतको लय सङ्कलन रमेश निर्दोषले गर्नुभएको छ । गण्डक क्षेत्रको प्रचलित मौलिक लयमा आधारित गीतको एरेञ्ज, मिक्सिङ र मास्टरिङ एचबीएन किस्मतले गर्नुभएको छ । साथै वान डिबी एचडीमा अडियो निर्माण भएको गीतको रेकर्डिङ राज खड्काले गर्नुभएको हो ।

करन चौसिर छाँयाकार रहनुभएको यो गीतको भिडियोको छाँयाङ्कन तनहुँ भानुचोकका विभिन्न स्थानमा गरिएको छ । भिडियोको सम्पादन अमृत चापागाईंले र शृङ्गार कविता तोलाङ्गीले गर्नुभएको छ ।

पूर्ण परियारको निर्माण, रेशम निर्दोषको निर्देशन रहेको म्युजिक भिडियोमा रेशम निर्दोष, जुना गुरुङ, पूर्ण परियार र सीता परियारको अभिनय छ । बागलुङ्गे कोइलीका उपनामले परिचित सीता परियारका प्रत्यक्ष दोहोरी र अन्य गीतलाई दर्शक र स्रोताले मन पराएका छन् ।

नेपाली गीतसङ्गीतको विभिन्न विधामध्ये पञ्चैबाजा, नौमती बाजा पनि एक हो । विशेषगरी विवाहलगायतका शुभकार्यमा गुञ्जिने यो गीत पछिल्लो समय भोज, पार्टी र उत्सव तथा महोत्सवमा पनि बजाउने चलन छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार