कार्तिक ११, २०८३ बुधबार October 28, 2026

मणिरत्नका संकलित म्युजिक भिडियो ‘मेरो सुन्दर संसार’ सार्वजनिक

एल्बममा आफै पनि कलाकारको भूमिकामा देखिए कवि तथा गीतकार मणिदेव अर्याल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नेपालगन्ज, माघ ५ गते । बाँके खजुरा निवासी युवाकवि, लेखक र गीतकार मणिदेव अर्याल (मणिरत्न) को गीतको संगालो ‘मेरो सुन्दर संसार’ गायक नरेन्द्र प्यासीको स्वरको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मणिरत्नका शब्द ‘मेरो सुन्दर संसार’ मा प्रभात सुवेदीले दिएको संगीत सिर्जनालाई निर्देशक हरिशरण रिजालले म्यूजिक भिडियोका रुपमा पस्किनु भएको कवि तथा गीतकार मणिदेव अर्यालले बताउनुभयो ।

उहाँले यो एल्बममा आफै पनि कलाकारको भूमिकामा देखिएको जनाउँदै ‘मेरो सुन्दर संसार’ को म्यूजिक भिडियोमा निर्देशक रिजालसँग आरती आचार्यले मुख्य भूमिका खेल्नु भएको बताउनुभयो ।

झण्डै दर्जन गीत रेकर्ड गराइसक्नु भएका अर्यालले ७ वटा गीतको म्यूजिक भिडियो बनाइसक्नु भएको छ । उहाँले भन्नुभयो, ‘गीत लेख्ने क्रमलाई तिब्रता दिइरहेको छु, दर्शक स्रोताको रेस्पोन्सका आधारमा यसलाई झन गति दिने हो ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभागका सदस्य, महेन्द्र पुस्तकालयका सचिव तथा प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य समेत रहनुभएका अर्यालका निवन्ध संग्रह कुटी र उपन्यास फिर्ती प्रकाशित भइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार