कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

काँग्रेस एमाले गठबन्धन सरकार ०८४ सम्मै रहन्छ : गृहमन्त्री लेखक

नक्कली भुटानी शरणार्थी, गिरीबन्धु टि स्टेट सहितका सबै काण्डमा मानिसको मुख नहेरी तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गृहमन्त्री रमेश लेखकले वर्तमान (काँग्रेस, एमाले गठबन्धनको सरकार आगामी ०८४को निर्वाचनसम्मै रहने बताएका छन् । आइतबार महेन्द्रनगरमा प्रेस यूनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले ०८४सम्मै यही गठबन्धन रहने बताएका हुन ।

काँग्रेस नेता समेत रहेका गृहमन्त्री लेखकले दुईपाटीविचमा भएको ७बुँदे सहमतीय अनुरुप सरकार चलिरहेको बताउँदै, सरकारमा कुनै बाधा, अवरोध, असन्तुष्टी नभएको  दावि गरेका छन । ‘सरकार अघि बढिरहेको छ, ७बुँदे सहमती दुवै पाटीले पालना गरेका छौँ, ‘पहिलो १८ महिना एमाले अध्यक्ष केपी शर्मा ओली जीले र दोस्रो कार्यकाल सरकार नेतृत्व काँग्रेस सभापति शेर बहादुर देउवा जीले गर्ने गरेर अघि बढेका छौँ ।’

अध्यायादेश जारी गरेपछि केही प्रकृयाका विषयमा प्रशन उठेपनि सरकारले चाडै संसद अधिवेशन बोलाउने बताए । गृहमन्त्री लेखकले विपिन जोशीको रिहाईका सरकारले आवश्यक पहल गरिरहेको बताउँदै आफुले पनि पहल गरेको बताए ।

नक्कली भुटानी शरणार्थी, गिरीबन्धु टि स्टेट सहितका सबै काण्डमा मानिसको मुख नहेरी तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढेको बताए । सहकारी काण्डमा सत्ताधारीका नेता कार्यकर्ताहरु बचाउने, विपक्षमा खोजिखोजी कार्बाही किन ? भन्ने संचारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले तथ्य र प्रमाणमा आधारमा जो सुकैमाथि अनुसन्धान अघि बढीरहेको दावि गरेका छन । गृहमन्त्री लेखकले ६ बर्ष अघि बलात्कारपछि हत्या गरिएकी निर्मला काण्डकाण्डको अनुसन्धान अघि बढेको बताए ।

महाकाली चारलेन पुल त्रिदेशीय नाका बनाउनेमा जोडदिदै चारलेन पुल पहुँचमार्ग गड्डाचौकीमा आएको अवरोध बारे सम्बन्धी निकायको ध्यानाकर्षण गराएको बताए । यसैविच आइतबारै सरकारी अतिक्रमित जमिन फिर्ता ल्याउनुपर्ने माग अघि सारेर सघर्ष गर्दै आएका युवा विद्यार्थीले गृहमन्त्री लेखकलाई भेटेर भीमदत्त नगरविकास समितिको अतिक्रमण कहिले हटछ ? तपाई गृहमन्त्री भएपछि अतिक्रमित सरकारी जमिन खाली गराउने काम रोकिन किन ?भन्ने प्रशसनमा गृहमन्त्री लेखकले यस्तो नभएको र अतिक्रमित सरकारी जमिन खाली गराउने विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार