मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण

मन्दिरको भेटी र सामुदायिक वन उपभोक्ता समूहले घाँस, दाउरा र काठ बिक्रीबाट भएको आम्दानीबाट भवन निर्माण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, ८ माघ : यहाँको बेनी नगरपालिका–९ स्थित घतानमा सामुुदायिक वनको घाँसदाउरा बेचेको, मन्दिरको भेटीका, सरकारी निकाय र दाताको सहयोग जुटाएर स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । रु १५ लाखको वडास्तरीय विपद् व्यवस्थापन कोष स्थापना गर्नाका साथै रु नौ लाख २४ हजारको लागतमा स्वास्थ्य चौकीको दुईकोठे भवन निर्माण गरिएको हो ।

बेनी नगरपालिका–९ का पूर्ववडाध्यक्ष बेलबहादुर चोखालले सरकारी निकाय र समुदायस्तरबाट सहयोग जुटाएर भवन निर्माण र अक्षयकोष स्थापना गरिएको बताउनुभयो । “विसं २०७६ मा समुदायस्तरबाट सङ्कलित रु दुई लाख ६० हजारबाट भवन निर्माण थालिएको थियो,” उहाँले भन्नुभयो, “भवन निर्माणलाई पूर्णता दिन जिल्ला समन्वय समितिले रु पाँच लाख, गलेश्वर मन्दिरबाट रु एक लाख र सातवटा सामुदायिक वन उपभोक्ता समूहले रु ५७ हजार सहयोग गरेका छन् ।”

गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरको भेटी र सामुदायिक वन उपभोक्ता समूहले घाँस, दाउरा र काठ बिक्रीबाट भएको आम्दानी भवन निर्माणमा सहयोग गरेको चोखालले बताउनुभयो ।

वडाध्यक्ष चक्र केसीले समुदायस्तरबाट सङ्कलितरु १५ लाखको विपद् कोष स्थापना भएको र सोको परिचालनका लागि विधान बनाएर संस्था दर्ता प्रक्रियामा रहेको बताउनुभयो । वडाअध्यक्षको संयोजकत्वमा विपद् कोष बनाइएको छ । यसअघि एकतले तीनकोठे पुुरानो भवनमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो ।

साँघुुरो भवनमा सेवा प्रवाहमा समस्या भएपछि पहिलो तलामा दुईवटा पक्की कोठा बनाइएको हो । भवनको आइतबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा भवन निर्माण र वडास्तरीय विपद् व्यवस्थापन कोष स्थापनाका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा राजनीतिक दलहरूको भुमिका : अध्यक्ष लिङ्देन
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकाबाट निष्कासित दुई महिलासहित २५ आप्रवासी लाइबेरिया पुगे
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
२०८३ मंग्सिर ६, आइतबार
Prime Minister Shah Heads to India for Talks with Narendra Modi
२०८३ मंग्सिर ६, आइतबार
एसियन राइजिङ स्टार्स प्रतियोगिता : युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
२०८३ मंग्सिर ६, आइतबार