असार २२, २०८२ आइतबार July 6, 2025

सन्दीप लामिछाने सीपीएल खेल्न भोलि कोरियन एयरलाइन्सको चार्टर उडानबाट ट्रिनिडाड जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सरकारले सहजीकरण गरेपछि सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न  बिहीबार बिहान १० बजे वेष्ट इन्डिजका लागि त्यसतर्फ जाने भएका छन्।

सन्दीपका व्यवस्थापक रमण सिवाकोटीका अनुसार उनी भोली बिहीबार बिहान १० बजे कोरियन एयरलाइन्सको चार्टर उडानबाट जानेछन्। अमेरिका हुँदै उनी लिग हुने देश ट्रिनिडाड एण्ड टोबागो पुग्ने छन्। सन्दीप १ अगष्ट (शनिबार) त्यहाँ पुग्नेछन्।

सीपीएल आयोजक र उनको टीम जमैका तालावाहले सबै खेलाडीलाई शनिबारसम्म आइपुग्न भनेको थियो। सन्दीप आयोजकले भनेकै दिन पुग्ने भएका हुन्। खेलअघि सबै खेलाडी अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नुपर्छ। सीपीएल १८ अगष्टदेखि शुरु हुँदैछ।

कोरोनाभाइरस महामारी रोकथामका नेपाल सरकारले बन्दाबन्दी घोषणा गरेपछि नियमित अन्तराष्ट्रिय उडान बन्द छन्। नेपालले १ भदौबाट मात्र उडान नियमित गर्ने भएपछि सन्दीप सीपीएल खेल्न जान नपाउने आशंका गरिएको थियो। उनका व्यवस्थापक सिवाकोटीसहितले पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई र खेलकुद मन्त्री जगत विकलाई भेटेर सहजीकरणका लागि आग्रह गरेका थिए।

सन्दीप जमैका तालावाहका मार्की खेलाडी पनि हुन्। उनी १ लाख ३० हजार अमेरिकी डलर (करीब रु.१ करोड ५६ लाख) मा अनुबन्ध भएका छन्। यो रकम कुनै पनि फ्रेन्चाइज लिगमा उनले पाएको सबैभन्दा बढी हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार