भाद्र १३, २०८३ शनिबार August 29, 2026

नेपालमा २२ सङ्क्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा कोरोना भाइरसका २२ जना सङ्क्रमित सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा रहेका छन् । कोरोनाभाइरस सङ्क्रमितमा श्वास लिन कठिनाइ भएपछि कृत्रिम रुपमा शरीरमा वायु सञ्चारको लागि भेन्टिलेटरमा राखिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार मात्रै २२ जना काेभिड १९ सङ्क्रमितलाई भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गरिँदैछ । नेपालमा हाल पाँच हजार ३६० जना बिरामीमा भाइरसको सङ्क्रमण सक्रिय छ । सक्रियमध्ये २२ जनालाई सघन उपचारको आवश्यकता परेको हो अर्थात् नेपालमा अहिलेको सक्रिय सङ्क्रमितको ०.४१ प्रतिशत बिरामीलाई सघन उपचार कक्षमा उपचार गरिँदैछ ।

छिमेकी राष्ट्र भारतमा भने कोभिड–१९ को सङ्क्रमितको करिब चार प्रतिशत बिरामीलाई आईसीयू र भेन्टिलेटरको आवश्यकता महसुस गरिएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा १४ जना सङ्क्रमितलाई आईसीयू र भेन्टिलेटरको आवश्यकता परेको छ ।

प्रदेश २ मा पाँच, प्रदेश ५ मा दुई तथा कर्णाली प्रदेशमा एकजनालाई आईसीयू र भेन्टिलेटरमा राखिएको हो । शरीरको मुख्य अङ्ग मुटु र फोक्सोको चालबारे जानकारी राख्न आईसीयूमा भर्ना गरिन्छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन
२०८३ भाद्र १३, शनिबार
त्रिवि र पोखरा विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले विपद् उद्धार कोषमा सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार
रसुवाको त्रिशूली थ्रीए र तुप्चे टावरबाट टेलिकम सेवा पुनः सञ्चालन
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीः सरकारलाई प्रमुख प्रतिपक्षी दल काँग्रेसको नौ बुँदे ध्यानाकर्षण
२०८३ भाद्र १३, शनिबार
एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा
२०८३ भाद्र १३, शनिबार
उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने
२०८३ भाद्र १३, शनिबार
शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १३, शनिबार