काठमाण्डौंः त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह (CJMC)को प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको छ ।
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायद्वारा सञ्चालित स्नातकोत्तर (MA), कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०८०/८१ (२०२४) को गत माघ ०२, ०३ र ०४ सञ्चालन भएको प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा नतिजा प्रकाशित गरिएको हो ।
आवेदन फाराम भरी प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूले २०८१ साल माघ २० गतेसम्म भर्ना भइसक्नुपर्ने डिनको कार्यालयले जनाएको छ । भर्ना भएका विद्यार्थीहरुको नियमित कक्षा सञ्चालन माघ २२ गतेवाट शुरु हुनेछ । त्रिविद्धारा जारी सुचनामा विद्यार्थीहरूले भर्ना गर्दा प्रवेशिकादेखि स्नातक तह उत्तीर्ण गरेका तथा अन्य आवश्यक कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया