काठमाडौँ, माघ ११ गते । नेपाल मेडिकल काउन्सिलको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजामध्ये ६९ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् भने ३१.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देवले परीक्षामा एमबिबिएस र बिडिएसका गरी कुल ८४४ जनाले सहभागिता जनाएकोमा ५६२ जना अनुत्तीर्ण भएको जानकारी दिनुभयो । जम्मा उत्तीर्ण सङ्ख्या २६२ रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया