काठमाण्डौंः विश्वमहामारी कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बिहिबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ७० हजार १ सय ५२ पुगेको छ भने संक्रमितको संख्या १ करोड ७१ लाख ८४ हजार ७ सय ७० पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड ६ लाख ९६ हजार ६ सय ४ जना उपचारपछि निको भएका छन् ।
हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ५३ हजार ८ सय ४० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख ६८ हजार ३७ पुगेको छ ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ९० हजार १ सय ८८ पुगेको छ भने संक्रमितको संख्या २५ लाख ५५ हजार ५ सय १८ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार ६सय ७३ पुगेको छ भने संक्रमितको संख्या ८ लाख २८ हजार ९ सय ९० पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया