असार २६, २०८२ बिहिबार July 10, 2025

ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा कपडा वितरण

ज्येष्ठ नागरिकको मधुमेह, उच्च रक्तचाप, दमको परीक्षणसँगै सम्मानस्वरुप कम्बल वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ । तुलसीपुर र घोराहीका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै कम्बल वितरण गरिएको छ ।

नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर एवं कम्बल वितरण गरिएको हो ।

महासंघ लुम्बिनी प्रदेश कमिटीका कोषाध्यक्ष द्रोण वलीले स्वास्थ्यकर्मी समाजमा योगदान पुर्‍याएका ज्येष्ठ नागरिकको सम्मानस्वरुप कम्बल वितरण गरिएको बताए । उनले तुलसीपुर उपमहानगरपालिका-१९ र घोराही उपमहानगरपालिका-११ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको बताए ।

तुलसीपुर उपमहानगरपालिका-१९ का कार्यवाहक वडाध्यक्ष रामबहादुर पौडेलले वडाले ८० वर्ष उमेर पुगेका ५५ जनालाई कपडा वितरण गरेको बताए । त्यस अवसरमा राप्ती लाइफ केयर अस्पतालका डा. आयुष गौतमले ज्येष्ठ नागरिकको मधुमेह, उच्च रक्तचाप, दमको परीक्षण गरेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया