असार २६, २०८२ बिहिबार July 10, 2025

बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया

बिना चिरफार गरिने शल्यक्रियाले बिरामीलाई सहज बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलकोट (बागलुङ), ९ माघ । बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ । नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्ने कार्यको शुभारम्भ गरिएको हो ।

अत्याधुनिक प्रविधिद्वारा गरिने आँखाको शल्यक्रिया सरल ढङ्गले गर्न सकिने नेत्रज्योति सङ्घ बागलुङका सभापति बिन्दु सागर राजभण्डारीले जानकारी दिए । उनले संस्थाको पहलमा आँखाको शल्यक्रिया गर्ने उक्त फेको प्रविधि भित्र्याइएको बताए ।

फेको प्रविधिबाट आँखाको शल्यक्रिया गर्दा समय र खर्च दुवै बचत हुने गरेको धौलागिरि आँखा अस्पताल बागलुङका जलबिन्दु तथा नेत्ररोग विशेषज्ञ डा अनिल पराजुलीले बताए । उनले यो प्रविधि धौलागिरिमै नयाँ र पहिलो भएको बताए ।

“आँखाको समस्या कम्प्युटरबाट हेर्न सकिन्छ, फेको प्रविधिबाट शल्यक्रिया गर्दा समय र खर्च दुवैको बचत हुन्छ, आँखाको समस्या कम्प्युटरबाटै पहिचान गर्न सकिन्छ”, डा पराजुलीले भने, “पहिला–पहिला आँखा चिरेर शल्यक्रिया गरिन्थ्यो, अहिले आखाँको छेउमै सानो प्वाल पार्ने र कम्प्युटरबाट हेरेर शल्यक्रिया गर्ने प्रविधि नै फेको प्रविधि हो ।”

शल्यक्रियाको भोलिपल्टै घाउ निको हुने उनको भनाइ छ । बिना चिरफार गरिने शल्यक्रियाले बिरामीलाई सहज बनाउने नेत्रज्योति सङ्घ बागलुङका सचिव युक्तजङ्ग राजभण्डारीले जानकारी दिए । शल्यक्रिया हरेक महिना १ देखि १५ गतेसम्म गरिने छ भने अन्य १५ दिन गाउँ–गाउँमा पुगेर शिविरमार्फत शल्यक्रियाका लागि बिरामी ‘रिफर’ गरिने जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार