काठमाण्डाैंः बाँकेमा बिहीबार आज एकैदिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार त्रिभुवन चोकमा कोरोना संक्रमण पुष्टि भएका मिठाइ पसले र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका शाखा अधिकृतसँगको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब परीक्षणमा ३० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समुदाय स्तरमा कोरोना संक्रमण देखिएकाले आइतबारदेखि तीन दिनसम्म जिल्ला भरी नै निषेधाज्ञा जारी गरिएको बताए ।
आन्तरिक राजस्व कार्यालयका कर्मचारी र परिवारका सदस्य गरी १२ जनामा कोरोना संक्रमण भएको छ । जसमा शाखा अधिकृत पनि छन् ।
देशभर कोरोना संक्रमितको संख्या १९ हजार पाँच सय ४७ पुगेको छ । १४ हजार दुई सय ४८ डिस्चार्ज हुँदा मृत्यु हुनेको संख्या ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालयद्धारा जारी सुचनाः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया